निफ्राले लन्डन स्टक एक्सचेञ्जमा ३० मिलियन डलरको बोन्ड जारी गर्ने « Khabarhub

निफ्राले लन्डन स्टक एक्सचेञ्जमा ३० मिलियन डलरको बोन्ड जारी गर्ने


१ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल इन्फ्रास्ट्रक्चर बैंकले लन्डन स्टक एक्सचेन्जमा ३० मिलियन डलर बराबरको बोण्ड जारी गर्ने भएको छ ।

निफ्राका प्रमुख कार्यकारी अधिकृत (सिइओ) रामकृष्ण खतिवडाले चालू आर्थिक वर्षभित्रै लन्डन स्टक एक्सचेन्जमा बोण्ड जारी गर्न लागिएको जानकारी दिए ।

आइतबार राजधानीमा आयोजित नेपाल आर्थिक पत्रकार संघ(नाफिज) को ‘आर्थिक संवाद’ कार्यक्रममा बोल्दै खतिवडाले भने, ‘चालू आर्थिक वर्षभित्रै लन्डन स्टक एक्सचेन्जमा सूचीकृत हुने गरी बैंकले ३० मिलियन डलर बराबरको बन्ड जारी गर्दैछ । यसका लागि नेपाल राष्ट्र बैंकबाट बैंकले स्वीकृति पाइसकेको छ ।’

सिइओ खतिवडाका अनुसार सो बोन्ड कार्यान्वयनमा आइसकेपछि लगानीकर्ताले ८.५ प्रतिशतको प्रतिफल पाउने छन् । उक्त बोण्ड लन्डनकै एक प्रसिद्ध संस्थाले ‘क्रेडिट र्‍यापिङ’ गरि जारी हुनेसमेत खतिवडाले जानकारी दिए ।
पाँच वर्षे अवधिको सो बोन्डबाट प्राप्त रकमलाई नेपालका ठूला विकास पूर्वाधारमा लगानी गरिने खतिवडाको भनाई छ ।

सो अवसरमा सिइओ खतिवडाले निफ्रामा रणनीतिक साझेदार भित्र्याउने विषयमासमेत छलफल गरिरहेको बताएका छन् । ठूला विकास पूर्वाधारमा लगानी गर्ने उदेश्यले स्थापित निफ्राका लगानीकर्ताले प्रतिफलको चिन्ता गर्नै नपर्ने उनले स्पष्ट पारे ।

प्रकाशित मिति : १ चैत्र २०७७, आइतबार  ६ : ५५ बजे

पूर्वराष्ट्रपति भण्डारीद्वारा छोरी-ज्वाईँ र सर्वसाधारणलाई टीका प्रदान

काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज विजया दशमीको दिन आमा मिथिला

नाइजेरियामा इबोलाको पहिलो सङ्क्रमण

अबुजा- अफ्रिकामा फैलिएको इबोला प्रकोप नाइजेरियासम्म पुगेको छ । युगान्डाबाट

क्यासिनोबाट पाँच जना प्रहरी नियन्त्रणमा

वीरगन्ज (पर्सा)- क्यासिनोभित्र नेपाली प्रवेश गराई जुवा खेल्ने–खेलाउने कार्यमा संलग्न

बाढीले खोस्यो दसैँको टीका, बेपत्ता आफन्तको पर्खाइमा खाली निधार

बर्दिया- बडादसैँमा अभिभावकका हातबाट टीका र जमरा लगाएर आशीर्वाद थाप्ने

नेवार समुदायले मनाए मोहनी नखः

भक्तपुर- भक्तपुरका नेवार समुदायले आज मोहनी नखः मनाएका छन् ।