काठमाडौँ– नेपालस्थित अमेरिकी दूतावासले विद्यार्थीसहित ७ प्रकारका भिसा जारी गर्न सुरु गरेको छ ।
दूतावासले भिजिटर भिसा बीवान/बी टु भिसा, सीमित संख्यामा क्रु मेम्बर सी वान/डी भिसा, सिमित संख्यामा विद्यार्थी भिसा एफ, एम र एक्सचेन्ज भिजिटर जे भिसा, मेडिकल वा अन्य आपतकालीन अवस्थाका अन्य गैरआप्रवासी भिसा जारी गर्न शुरु गरेको जनाएको हो ।
यसैगरी सीमित संख्यामा कामदार भिसा एच र एलका लागि समेत भिसा ‘अप्वाइन्टमेन्ट’ दिन थालेको दूतावासले जनाएको छ ।
विद्यार्थी भिसा आवेदकका लागि विगतमा कोरोना महामारीका कारण शीघ्र अप्वाइन्टमेन्टको व्यवस्था खारेज गरिएकोमा अहिले उक्त व्यवस्था पुन लागू गरेको छ।
यो पनि पढौँ
नेपालस्थित अमेरिकी दूतावासकी प्रवक्ता अन्ना रिचे–एलेनसँग भिसा सुचारुका विषयमा गरिएको कुराकानी :
प्रतिक्रिया