आइपीएलमा मुम्बइको जित « Khabarhub

आइपीएलमा मुम्बइको जित


१ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- साविक विजेता मुम्बईले जारी आईपीएलमा पहिलो जित निकालेको छ ।

चेन्नईमा मंगलबार राति भएको खेलमा कोलकाता नाइट राइडर्सलाई १० रनले पराजित गर्दै मुम्बईले पहिलो जित निकालेको हो ।

मुम्बईले दिएको १ सय ५३ रनको मध्यम लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कोलकाता २० ओभरमा ७ विकेट गुमाएर १ सय ४२ रनमा समेटियो ।

कोलकाताका नितिश रानाले ५७ रनको अर्धशतकीय इनिङ्स खेले पनि टिमलाई जित दिलाउन सकेनन् । यस्तै शुबनम गिलले ३३ रन जोड्दा कप्तान इयान मोर्गन ७ रनमा आउट भए ।

मुम्बईका राहुल चाहरले ४ विकेट लिए । ट्रेण्ड बोल्टले २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा अलआउट हुँदै १ सय ५२ रन बनाएको थियो ।

मुम्बईका लागि सुर्य कुमार यादवले ५६ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ३६ बलमा ७ चौका र २ छक्का प्रहार गरे ।

जितसँगै मुम्बईले २ खेलमा २ अंक जोडेको छ । मुम्बई पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलोरसँग २ विकेटले पराजित भएको थियो ।

प्रकाशित मिति : १ बैशाख २०७८, बुधबार  ६ : ३१ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब