मास्क लगाएर मोडलको क्याटवक « Khabarhub

मास्क लगाएर मोडलको क्याटवक


१ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नमूना कलेज अफ फेसन टेक्नोलोजीमा चार वर्षे फेसन डिजाइनिङ सम्बन्धी स्नातक तहको ब्याचलर अफ फेसन डिजाइन एण्ड म्यानेजमेन्टको अन्तिम परिक्षाअन्तर्गत विद्यार्थीहरुले पहिरनमा मास्कको फेसन प्रदर्शन गरेका छन् ।

हरेक पहिरनसँग सुहाउँदो मास्कसहित मोडलहरु मञ्चमा प्रस्तुत हुँदा वर्तमान कोभिड–१९ को जटिल परिस्थितिलाई सुन्दर रुपले देखाइएको थियो ।

शोमा नेपालमै पहिलो पटक मोडलले लगाएको पहिरनकै हुबहु स्वरुपमा सजाइएको पुतलीसहित हरेक पहिरनका सिर्जनाकर्ता पनि स्टेजमा प्रस्तुत हुँदा कार्यक्रममा अर्को आकर्षण थपिएको थियो ।

‘अस्तित्व’ शीर्षकमा सञ्चालन भएको ग्राजुएसन फेसन शोमा कलेजकी संस्थापक प्रिन्सिपल ज्ञानी शोभा तुलाधरसहित मोडलहरु रनवेमा उपस्थिति भएसँगै शो सुरु भएको थियो ।

कार्यक्रमअन्तर्गत ७९ वटा आकर्षक, मनमोहक एवं विविधतायुक्त पहिरनहरुलाई प्रदर्शन गरिएका थिए । ती सुन्दर पहिरनहरुका परिकल्पनाकार एवं सिर्जनाकर्ताहरु पनि ७९ विद्यार्थी नै थिए । उनीहरु नमूना कलेजमा फेसन डिजाइनिङमा स्नातक गर्दै गरेका १५ औं ब्याचका विद्यार्थी डिजाइनरहरु थिए ।

कोरियोग्राफर रोजिन शाक्यको निर्देशनमा सञ्चालन गरिएको उक्त फेसन शोमा समेटिएका ७९ वटा पहिरनहरुलाई आठ वटा विभिन्न सिक्वेन्स मार्फत् प्रदर्शन गरिएका थिए । जसलाई २० जना युवती मोडलहरुले प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : १ बैशाख २०७८, बुधबार  ११ : ४५ बजे

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग

मेसी बने सय वर्ष पुरानो फुटबल क्लबको मालिक

काठमाडौँ – अर्जेन्टिनाका स्टार फुटबलर लिओनेल मेसीले स्पेनिस सेकेन्ड डिभिजन

यु-१९ विश्वकप र एनपिएलको तयारी : के के बन्दैछन् पूर्वाधार ?

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । बिहान