आवरणको क्यालेण्डरमा सुन्दरीहरु « Khabarhub

आवरणको क्यालेण्डरमा सुन्दरीहरु


१ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–दरबारमार्गमा रहेको आवरण स्किन एण्ड हेयर क्लिनिकले नयाँ वर्ष २०७८ सालको अवसर पारेर विभिन्न सौन्दर्य प्रतियोगिताका विजेता सुन्दरीलाई फिचर्ड गरिएको क्यालेण्डर सार्वजनिक गरेको छ ।

दरबारमार्गस्थित क्लिनिकमै आयोजित एक कार्यक्रममा मंगलबार साँझ ‘मिस नेपाल वर्ल्ड–२०२१’ सुप्रिया श्रेष्ठ, आवरण स्किन एण्ड हेयर क्लिनिकका सञ्चालक डा.रुपक घिमिरे, कलाकर्मी डटकमका प्रधान सम्पादक कृष्ण भट्टराई, सञ्चारकर्मी अरुणा भट्टराई तथा मनोविद प्रज्ञा सुवेदीले क्यालेन्डर सार्वजनिक गरे ।

क्यालेण्डरमा ‘मिस नेपाल अर्थ–२०२१ सुप्रिया श्रेष्ठ, ‘फेस अफ नेपाल २०२०’ की विजेता स्मृति नेपाल, नसिफा श्रेष्ठ, ‘मिस सुप्रानेशनल नेपाल २०१८’ महिमा सिंहसहित मोडलहरु सिमरन मल्ल, अनिता थापा, अञ्जना बराइली तथा आशिष न्यौपाने अँटाएका छन् ।

अनिता तथा आशिष फेस अफ आवरण अनलाइन कन्टेष्टका विजेता हुन् । आवरण स्किन एण्ड हेयर क्लिनिकले लामो समयदेखि स्किन क्लिनिक, हेयर क्लिनिक, प्लाष्टिक सर्जरी, लेजर क्लिनिक आदि क्षेत्रमा विशेषज्ञ सेवा दिइरहेको छ ।

प्रकाशित मिति : १ बैशाख २०७८, बुधबार  १२ : १५ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – आज २०८२ साल चैत २६ गते बिहीबार वैशाख

आज २०८२ साल चैत २६ गते बिहीबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २६ गते बिहीबार वैशाख

ललितपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते दाजु भाइको मृत्यु

काठमाडौँ- ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी