पुस्तक समीक्षा : “सेक्सपियरको आँगन”बाट बेलायत चियाउँदा « Khabarhub

पुस्तक समीक्षा : “सेक्सपियरको आँगन”बाट बेलायत चियाउँदा


१ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– “सेक्सपियरको आँगन”, यात्रा–निवन्धसङ्ग्रह हो । यसको शीर्षकबाट नै यो यात्रा इङ्ल्यान्डको हो भन्ने अनुमान गर्न सकिन्छ ।

किनभने सेक्सपियर विश्वका एक महान साहित्यकार हुन् जसको जन्म इङ्ल्यान्डस्थित हेनले स्ट्रिट स्टार्टफोर्ड अपन एभन वरविकसायरमा भएको थियो । उनकै घर आँगनको तस्वीर पुस्तकको आवरण पृष्ठमा सजाइएको छ ।

साहित्यकार विनोद साधकका यसअघि अनुभूति (कथा सङ्ग्रह), अल्झिएको मन (गीत, कविता सङ्ग्रह) र मुक्तियात्रा (यात्रा–निवन्ध सङ्ग्रह) जस्ता पुस्तकहरु प्रकाशन भइसकेका छन् । यो पुस्तक उहाँको चौथो साहित्य कृति हो ।

वि.सं. २०१२ मा जन्मिएका साधक पूर्णकालीन समय बिताएर नोकरीबाट अवकाश भए । उनी विगत २२ वर्षदेखि नमूना मच्छिन्द्र क्याम्पस, लगनखेल, ललितपुरमा अध्यापन गर्दै आएका छन् । उनले त्रिभुवन विश्वविद्यालयबाट जनप्रशासनाचार्य (एमपिए) सम्मको शिक्षा हासिल गरेका छन्।

सृजनशील स्वभावका साधकमा नोकरी, समाजसेवा, अध्यात्म चिन्तन, नेपाली साहित्य तथा अध्यापनतर्फ अनुभव छ । आकर्षक आवरणपृष्ठ तथा पुस्तकभित्र रहेका भ्रमणका रङ्गीन तस्वीरहरुले पुस्तकलाई सुन्दर बनाइदिएको छ । पुस्तकलाई चार भागमा विभाजन गरिएको छ ।

पहिलो भागमा संयुक्त अधिराज्य (युके) को परिचय, साधक दम्पतीको पहिलो र दोस्रो लन्डन यात्रासँग सम्बन्धित लेखहरु छन् ।

दोस्रो भागमा भ्रमण गरिएको पैंतीस वटा ऐतिहासिक तथा धार्मिक स्थलहरुको बारेमा राम्रो जानकारी पाइन्छ । बकिङघम प्यालेस जहाँ हालका महारानी एलिजाबेथ द्वितीया छन् । विन्डसर कासल (किला), यो इङ्ल्यान्डको वर्कसायर काउन्टीको विन्डसर नाम भएको स्थानस्थित एक शाही किला (दरबार) हो ।

यी लगायत इङ्ल्यान्डका सुप्रसिद्ध स्थानहरु, पार्क, विद्यालय, हिन्दु मठमन्दिर, बजार, सडक, नेपाली चाडपर्वको विदेशमा महत्वका बारेमा साधकले मिहिन तरिकाले वर्णन गरेका छन् ।

यस सङ्ग्रहमा साधकले सेक्सपियरको सम्झनामा उनकै आँगनमा वाचन भएको कविता पनि समावेश गरेका छन् । पुस्तकभित्र पारिवारिक र इष्टमित्र, नातेदारका गतिविधिलाई ठाउँठाउँमा समेटेर यात्रा स्मरणलाई भिन्न शैलीमा प्रस्तुत गर्न खोजेको देखिन्छ ।

समग्रमा “सेक्सपियरको आँगन” नामक यात्रा–निवन्धसङ्ग्रह पुस्तक निकै सूचनामूलक, पठनीय र सङ्ग्रहणीय छ । पुस्तकको मूल्य रु ३००।– राखिए पनि पुस्तकको गुणस्तर, तस्वीरहरुले मूल्यलाई न्याय गरेको पाइन्छ ।

प्रकाशित मिति : १ बैशाख २०७८, बुधबार  ४ : १५ बजे

गृहमन्त्रीको निर्देशनपछि उद्योगमन्त्रीको गाडीको कालो सिसा हटाइयो

काठमाडौं– उद्योग तथा आपूर्तिमन्त्री गौरिकुमारी यादवको सवारीसाधनमा जडान गरिएको कालो सिसा

झापामा मकै उत्पादन घट्यो 

झापा– धानपछि दोस्रो खाद्यान्न बालीका रूपमा रहेको मकैखेतीको उत्पादनमा यस

प्रेम, मानवता र शान्तिको उच्चतम अभ्यासबाट अभिप्रेरित हुन्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरूको जीवन दर्शन नै दर्शन सेवा,

पाकिस्तानमा चिकित्सकको विरोध प्रदर्शन जारी, स्वास्थ्य सेवा अवरुद्ध

बलुचिस्तान- महिला चिकित्सकमाथि भएको एसिड आक्रमणको विरोधमा पाकिस्तानको बलुचिस्तान प्रान्तमा चिकित्सकहरूले

अफगानिस्तानमा बारुती सुरुङ हटाउन नयाँ पहल, १८ लाख वर्गमिटर क्षेत्र खतरा मुक्त गरिने

काबुल- अफगानिस्तान राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले जमिनमुनि रहेका बारुती सुरुङ तथा