शिक्षकलाई तलब खुवाउन आर्थिक सङ्कलन « Khabarhub

शिक्षकलाई तलब खुवाउन आर्थिक सङ्कलन


१ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा– गोरखाको शहीद लखन गाउँपालिका–७ बुङकोटस्थित श्रीचण्डिका आधारभूत विद्यालयमा शिक्षकलाई तलब खुवाउन करीब रु पाँच लाख आर्थिक सहयोग सङ्कलन गरिएको छ ।

विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि निजी स्रोतबाट नै शिक्षक नियुक्ती गर्नुपर्ने भएपछि आर्र्थिक सहयोग सङ्लन शुरु गरिएको वडाध्यक्ष शरण श्रेष्ठले जानकारी दिए ।

निजी स्रोतमा शिक्षक नराखी नहुने अवस्था भए पनि तलब खुवाउनका लागि आर्थिक अभाव हुने भएपछि आर्थिक स्रोत जुटाउन थालिएको उनको भनाइ छ ।

‘‘विद्यालयको दरबन्दी कटौती हुँदै जाँदा कक्षा सञ्चालनमा कठिनाइ भइरहेको छ, निजी स्रोतको शिक्षक राख्न विद्यालयसँग आफ्नै स्रोत छैन’’, उनले भने, “आर्थिक सङ्कलन गरेरै भए पनि शिक्षक राख्नुपर्‍यो भनेर अभियान शुरु गरिएको हो ।’’

अभियान शुरु गरेको पहिलो दिनमा रु चार लाख ९४ हजार ५४० सहयोग प्राप्त भएको वडाध्यक्ष श्रेष्ठको भनाइ छ ।

विद्यालय व्यवस्थापन समितिका पदाधिकारी एवं सदस्य, विद्यालयका शिक्षक, समाजसेवी, भूतपूर्व विद्यार्थी, कर्मचारीलगायतबाट आर्थिक सहयोग प्राप्त भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर विकले जानकारी दिए । प्राप्त भएको रकम सोझै विद्यालयको खातामा जम्मा गर्ने व्यवस्था गरिएको उनको भनाइ छ ।

‘‘अहिलेसम्म अधिकतम रु २८ हजारदेखि न्यूनतम पाँच हजारसम्म स्वेच्छाले आर्थिक सहयोग प्राप्त भएको हो’’, वडाध्यक्ष श्रेष्ठले भने, “थप आर्थिक सहयोग गर्ने प्रतिबद्धता आइरहेको छ । विद्यार्थी सङ्ख्याअनुसार विद्यालयमा शिक्षक नहुँदा विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न नसकिएको भन्दै विद्यालयले निजी स्रोतमा भने पनि शिक्षक राख्ने तयारी गरेको उनले बताए ।

प्रकाशित मिति : १ बैशाख २०७८, बुधबार  ३ : १५ बजे

दुई तिहाइको रास्वपा सरकार र बालेनको काँधमा स्वास्थ्य सुधारको भार

काठमाडौँ – प्रतिनिधि सभा निर्वाचन २०८२ को नतिजा सार्वजनिक भएसँगै

पश्चिम एसिया सङ्कट : आपत्कालीन प्रतिकार्य टोलीको बैठक

काठमाडौँ– परराष्ट्रसचिव अमृतबहादुर राईको संयोजकत्वमा गठित आपत्कालीन प्रतिकार्य टोलीको दोस्रो

पच्चीस लाख ठगेको अभियोगमा पक्राउ

काठमाडौँ– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस पठाइदिन्छु भन्दै

मकवानपुरको मनहरीमा प्रहरी र लागूऔषध सेवनकर्ताबीच झडप

बागमती– मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा लागूऔषध सेवनकर्ताले आक्रमण गर्दा एक

आरनको भरमा लुहार दम्पतीको जीविका

कञ्चनपुर– बझाङको बुँगलबाट डेढ वर्षअघि कञ्चनपुर झरेका ५६ वर्षीय शङ्कर