इस्लाम धर्मावलम्बीमाथि चीनको प्रतिबन्ध कानून विपरीत – नेपाल डेमोक्रेट युनियन « Khabarhub

इस्लाम धर्मावलम्बीमाथि चीनको प्रतिबन्ध कानून विपरीत – नेपाल डेमोक्रेट युनियन


१ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल डेमोक्रेट युनियनले शिंजिया‌ग प्रान्तका इस्लाम धर्मावलम्बी वीगरमाथि लगाएको प्रतिबन्ध अन्तराष्ट्रिय कानून विपरीत रहेको जनाएको छ ।

युनियनले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘कम्युनिस्ट चीन सरकारको दमनमा परेका शिंजियांग प्रान्तका इस्लाम धर्मावलम्वी वीगरहरुको मानवाधिकार, धार्मिक स्वतन्त्रता हननका विरुद्ध आवाज उठाउने पाँच जना ब्रिटिश सांसदहरु तथा बीबीसी ईन्टरनेश्नल सेवा माथि चीनले लगाएको प्रतिबन्ध मानवीय स्वतन्त्रता, गरिमा, मानवाधिकार, लोकतन्त्र र अन्तर्राष्ट्रिय कानूनको खिलाफमा छ ।’

युनियनले मानवअधिकार र लोकतन्त्रको पक्षपाती विश्व प्रजातांत्रिक समुदाय चीनको यो जातिभेदी, धर्मभेदी, रंगभेदी एवं अधिनायकवादी कदमको विपक्षमा रहेको जनाएको छ ।

युनियनको विज्ञप्तिमा भनिएको छ, ‘शिक्षाको नाममा चीनले शिंजियांङ प्रान्तमा १५ लाख वीगरहरुलाई नजरबन्द शिविर (डिटेंशन क्याम्प) मा बन्दी बनाई कैदखानामा राखेको छ । वीगर महीलाहरुको बलात्कार, यातना र जवरजस्ती मजदुरी, जवरजस्ती नसबन्दी, यौन शोषणका साथै थुप्रै अन्य विभिन्न अत्याचारहरु चीनले गरिरहेको विश्वलाई अवगत नै छ । यदि चीन यी अरोपहरुलाई खारेज गर्न चाहन्छ भने उसले युएन हाई कमिशन फर ह्युमन राईट्सलाई सत्य तथ्यको जाँच गर्न दिनुपर्छ ।’

युनियनले चिनियाँ जनता र अप्लसंख्यक समुदायको लोकतन्त्र एवं मानव अधिकारको प्रत्याभूति गर्न लोकतान्त्रिक विश्व समुदाय, सरकारहरु एवं संयुक्त राष्ट्र संघलाई अपील गरेको छ ।

प्रकाशित मिति : १ बैशाख २०७८, बुधबार  ८ : ०२ बजे

स्याङ्जामा तीन स्वतन्त्रसहित २८ जनाको उम्मेदवारी

काठमाडौं – आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको लागि

१० गते ‘कुमारी’ टिमको कन्सर्ट भृकुटी मण्डपमा, ट्रेलर पनि सार्वजनिक गरिने

काठमाडौं – माघ २३ बाट प्रदर्शनमा आउने फिल्म ‘कुमारी’को प्रचारको

डाभोसमा ग्रिनल्यान्डलाई लिएर ट्रम्प–युरोप तनाव

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बुधबार युरोपेली नेताहरूसँगको सम्भावित

दमकमा युवादेखि वृद्धासम्मलाई भेट्न व्यस्त ओली

दमक– झापा–५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार केपी शर्मा ओली दमकमा

युवा संघका दमक अध्यक्ष नै बालेनतर्फ..

काठमाडौं – झापा ५ का उम्मेदवार बनेका राष्ट्रिय स्वतन्त्र पार्टी