रियलमी सी ११ नेपालमा सार्वजनिक « Khabarhub

रियलमी सी ११ नेपालमा सार्वजनिक


३१ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रियलमीले नयाँ मोवाइल ‘रियलमी सी ११ २०२१’ नेपालमा सार्वजनिक गरेको छ ।

विश्वमा आक्रामक रुपले आफ्नो बजार विस्तार गरिरहेको स्मार्टफोन ब्राण्ड रियलमीको सी सिरिजले नेपालमा राम्रो बजार लिने अपेक्षा गरिएको छ । यो फोन युवा पुस्ताले रुचाएको फोनमा पर्छ ।

‘रियलमी सी ११ २०२१’ अन्य रियलमी सी सिरिजका इन्ट्रीलेभलको फोन जस्तै बलियो छ, यसका अलावा यो टिकाउ ब्याट्री, सशक्त प्रदर्शनी, ठूलो डिस्प्ले र समग्र रुपमा युवा तथा अधिकांश उपभोक्तालाई मध्यनजर गरी डिजाइन गरिएको छ ।

५००० एमएएच ब्याट्री
‘रियलमी सी ११ २०२१’ विशाल ५००० एमएएच ब्याट्रीका साथ बजारमा आएको छ । दिनभर अत्यधिक उपयोग गर्दा समेत लामो समयसम्म व्याट्री टिक्ने कम्पनीको दाबी छ । रियलमीको प्रयोगशालामा परीक्षणका क्रममा देखिएको तथ्यांकअनुसार यसको ब्याट्री निरन्तर युट्युब चलाउँदा १७ घण्टासम्म, निरन्तर फोनमा कुरा गर्दा ३७ घण्टासम्म र निरन्तर संगीत सुन्दा १०८ घण्टासम्म टिक्दछ ।

यसैगरी स्टान्डबाइ रुपमा राखिमात्र राख्ने हो भने यसको ब्याट्री ४३ दिनसम्म टिकाउ रहेको देखिएको छ ।

यसैगरी मोबाइलमा पावर सेभिङ मोड पनि छ जसले सामान्य तया प्रयोग भइरहने मुख्य ६ वटा एप चलाउँदासमेत अधिकतम ब्याट्री बचत गर्दछ ।

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  १२ : ३० बजे

गण्डकी प्रदेशका २६ सहकारीको दर्ता खारेजी

स्याङ्जा– सहकारी रजिष्ट्रार कार्यालय पोखराले निष्क्रिय रहेका २६ सहकारीको दर्ता

पर्सामा १६७ मतदानस्थल कायम

पर्सा– जिल्ला सुरक्षा समिति पर्साले आसन्न फागुन २१ गते हुने

खेलकुद मन्त्री बब्लु गुप्ताले दिए राजीनामा

काठमाडौं – युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले राजीनामा दिएका छन्

दलित समुदायभित्रको अन्तरजातीय विभेद हटाउन ‘नमूना समूह’

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ५ मा दलित समुदाय सामाजिक परिवर्तनका

लुपस बाथले मिर्गौलादेखि मुटुसम्म असर गर्छ : डा.अरुणकुमार गुप्ता

पछिल्लो समय नसर्ने रोगको संक्रमण बढ्दो क्रममा रहेको छ ।