नेपाललाई तत्काल अमेरिकाले खोप उपलब्ध गराउनु पर्छ : सिनेटर एड मर्की « Khabarhub

नेपाललाई तत्काल अमेरिकाले खोप उपलब्ध गराउनु पर्छ : सिनेटर एड मर्की


३१ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकी सिनेटर एड मर्कीले अमेरिकाले बचतमा रहेको खोप नेपाललाई तत्काल उपलब्ध गराउनु पर्ने र सहायतालाई वृद्धि गर्नु पर्नेमा जोड दिएका छन् ।

अमेरिकी संसदको नवीकरणीय ऊर्जा, जलवायु तथा आणविक सुरक्षा समितिका अध्यक्ष समेत रहेका मर्कीले नेपालसहित विश्वलाई उपलब्ध हुने गरी अमेरिकाले खोप उत्पादन गर्नुपर्ने बताएका हुन् ।

ट्वीटमार्फत उनले अमेरिकाले बचतमा रहेको खोप नेपाललाई तत्काल उपलब्ध गराउनुपर्ने उल्लेख गरेका छन् । साथै उनले नेपाललाई गर्ने सहायतालाई अमेरिकाले अभिवृद्धि गर्नुपर्ने पनि जनाएका छन् ।

कोभिड-१९ को कारण नेपालमा मृत्यु भएकाको अवस्था हेरेर आफू स्तब्ध भएको उल्लेख गर्दै मर्कीले महामारीविरुद्ध नेपाललाई सहयोग गर्नुपर्ने खाँचो औंल्याएका हुन् ।

म्यासाचुसेट् राज्यका सांसद समेत रहेका मर्कीले पूर्वी एसिया र प्यासिफिकको अमेरिकी मामिला पनि हेर्छन् ।

नेपालको कोभिड संक्रमण अवस्थालाई लिएर बिहीबार अमेरिकी संसदको वैदेशिक मामिला समितिमा छलफल भएको थियो । उक्त छलफलमा सांसदहरुले नेपाललाई तत्काल आफ्ना नियोगबाट सहयोग गर्नुपर्ने उल्लेख गरेका थिए ।

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  ४ : २५ बजे

कोलम्बिया–इक्वेडर व्यापार युद्ध चर्कियो

बोगोटा– दक्षिण अमेरिकाका दुई छिमेकी मुलुक कोलम्बिया र इक्वेडरबीच जारी

अस्पताल सेवा सुधार कार्यविधि जारी

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘अस्पताल सेवा सुधार कार्यविधि २०८२’

‘साउथ एसिया ओबेसिटी फोरम’को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा

काठमाडौं– काठमाडौंमा ‘साउथ एसिया ओबेसिटी फोरम’को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन सुरु

इस्टरको अवसरमा रुस–युक्रेनबीच अस्थायी युद्धविराम सुरु

एजेन्सी– चार वर्षदेखि जारी भीषण द्वन्द्वका बीच अर्थोडक्स इस्टरको अवसर

वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने

काठमाडौं– अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूले श्रम स्वीकृति पत्रबाहेक