काठमाडौँ छाड्नेलाई आज रातिसम्मको समय « Khabarhub

काठमाडौँ छाड्नेलाई आज रातिसम्मको समय


३१ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निषेधाज्ञाको कारण राजधानीमा अलपत्र भएकालाई गन्तव्यसम्म पुग्न दिन आज रातिसम्म समय दिइएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी निषेधाज्ञाका कारण अलपत्र भएकाहरूलाई गन्तव्यमा पुग्न दिन समय उपलब्ध गराएको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले राजधानीमा रोकिएका सर्वसाधारणलाई उपत्यका छाड्न आज रातभर अनुमति दिएको जानकारी दिए । ‘अलपत्र परेका सर्वसाधारणलाई उद्दार गर्नको लागि यस्तो निर्णय गरिएको हो’ सीडीओ पराजुलीले भने ।

बाहिर जान चाहने सर्वसाधारणले आफू जान चाहेको जिल्लाका स्थानीय निकायको सिफारिस भने अनिवार्यरुपमा पेश गर्नुपर्ने पनि सीडीओ पराजुलीले जानकारी दिए ।

काठमाडौं उपत्यकामा आगामी जेठ १३ गते मध्यरातसम्म निषेधाज्ञा जारी गरिएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  ७ : १६ बजे

नालामा डुबेर १५ महिने बालकको मृत्यु

रौतहट– मौलापुर नगरपालिका-३ गम्हरिया टोल बस्ने राजेश साह तेलीको छोरा १५ महिनाको

जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

बर्दिया– ठाकुरबाबा नगरपालिका-६ बकुवा बस्ने ४९ वर्षीय सन्तराम थारूको घरको पछाडि रहेको

प्रतिनिधिसभा निर्वाचन : नेकपाद्वारा रुपन्देही–३ बाट पाँच जना सिफारिस

देवदह– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा)

सरकारका प्रवक्ताको दौडधुप, देउवापछि ओली भेट्न पुगे गुण्डू

काठमाडौं- सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले

चीनको उच्चगतिको रेल नेटवर्कले ५० हजार किलोमिटर पार गर्‍यो

एजेन्सी– जनवादी गणतन्त्र चीनको उच्च गतिको रेल नेटवर्कले शुक्रबार नयाँ