अक्सिजन उद्योग निर्माणका लागि निजी क्षेत्रलाई आग्रह « Khabarhub

अक्सिजन उद्योग निर्माणका लागि निजी क्षेत्रलाई आग्रह


३१ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

देउखुरी– दाङको घोराही उपमहानगरपालिकाले लागत साझेदारी अनुदानमा अक्सिजन प्लान्ट निर्माणका लागि निजी क्षेत्रलाई आग्रह गर्ने निर्णय गरेको छ ।

नगर कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले अक्सिजन प्लान्ट निर्माणका लागि सबै व्यवसायी तथा अस्पताललाई आह्वान गर्ने र उपमहानगरले लागत साझेदारीमा अनुदान उपलब्ध गराउने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले जानकारी दिए ।

दीर्घकालीनरुपमा अक्सिजन प्लान्ट आवश्यक देखिएको र त्यसका लागि निजी क्षेत्रलाई प्रोत्साहन गर्दै उपमहानगरले अनुदानको व्यवस्था गर्ने निर्णय गरेको उनको भनाइ छ ।

समितिका संयोजक एवं नगरका कार्यवाहक प्रमुख सीता सिग्देलका अध्यक्षतामा बसेको बैठकले अक्सिजन प्लान्ट निर्माणमा अनुदान, सहकार्य र सहजीकरण गर्ने निर्णय गरेको हो । बैठकले कोरोना महामारीबाट बच्न लकडाउन र स्वास्थ्य सुरक्षा मापदण्डको पालनामा विशेष जोड दिन नगरवासीलाई अपिल गरेको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  ८ : ०० बजे

झापामा असिनापानीले कृषि क्षेत्रमा तीन अर्बको क्षति

झापा – फागुनको अन्तिम सातायता झापामा पटक–पटक आएको हावाहुरी र

कञ्चनपुर कारागारबाट १६ कैदीबन्दी स्थानान्तरण

महेन्द्रनगर– महेन्द्रनगरस्थित कञ्चनपुर कारागारबाट १६ कैदीबन्दीलाई बाँकेको नौबस्ता कारागार स्थानान्तरण

आजका समाचार : ओली-लेखक छुटे, चौध दिनमै श्रममन्त्रीको जागिर गयो, उपसभामुखमा रुबी ठाकुर पक्का र लेबनानमा इजरायलको नरसंहार

दीपक साहलाई हटाएपछि प्रधानमन्त्रीले सम्हाले श्रममन्त्रीको जिम्मेवारीराष्ट्रपति रामचन्द्र पौडेलले श्रम,

मदनभण्डारी राजमार्ग : १३ हजार रूख कटान

झापा– राष्ट्रिय गौरवको आयोजना मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने रूख कटानको

विद्यालय तहका किशोरीमा रक्तअल्पताको समस्या

नेपालगञ्ज– बाँकेका सबै स्थानीय तहमा विद्यालय तहका किशोरीमा रक्तअल्पताको समस्या