एमाले विवाद समाधानका लागि कार्यदल बनाउने जिम्मा ओली र नेपाललाई (भिडियोसहित) « Khabarhub

एमाले विवाद समाधानका लागि कार्यदल बनाउने जिम्मा ओली र नेपाललाई (भिडियोसहित)


३१ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ — नेकपा एमालेको आन्तरिक विवाद समाधानका लागि कार्यदल गठन गरिने सहमति भएको छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का नेता माधवकुमार नेपाल पक्षबीच भएका छलफलमा दलमा देखिएको विवाद समाधान गर्नका लागि कार्यदल गठन गर्ने सहमति भएको हो ।

बैठकपछि पत्रकारसंँग कुरा गर्दै एमालेका नेता भीमबहादुर रावलले एकता कायम राखी दललाई अगाडि बढाउन गम्भीर छलफल भएको बताए । कार्यदलका सदस्यहरुको नाम सिफारिस गर्ने जिम्मा ओली र नेपाललाई दिने विषयमा सहमति भएको उनले बताए ।

छलफलबारे नेता भीम रावलले भने, ‘हाम्रो पार्टीको एकता कायम राख्नका लागि गम्भीरपूर्वक छलफल गर्‍यौँ । २०७५ को जेठ २ भन्दा अगाडिको कुरालाई आधार मानेर अन्य छलफल अगाडि बढाउने कुरा भयो । त्यो प्रयोजनका लागि ओली र नेपालबीच कार्यदलको सदस्यको नाम तय गर्ने कुराकानी भएको छ ।’

हेरौँ भिडियो

छलफलमा ओली पक्षबाट नेताहरू सुवास नेम्वाङ, ईश्वर पोखरेल, विष्णु पौडैल, रामबहादुर थापा र लुम्बिनी प्रदेशका मुख्मन्त्री शंकर पोखरेल सहभागी थिए । त्यस्तै माधव पक्षबाट नेपाल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, रघुजी पन्त, गोकर्ण विष्ट र भीम रावल सहभागी भएका थिए ।

शुक्रबार भएको ‘वान टू वान’ वार्तामा २०७५ जेठ २ कै वरिपरि एमाले रहने गरी सहमति खोज्ने र त्यसका लागि कार्यदल बनाउने सहमति भएको थियो । त्यहि सहमतिलाई कार्यान्वयन तहमा पुर्‍याउन दोस्रो तहकासहित नेताहरू छलफलमा जुटेका थिए ।

हिजो बूढानीलकण्ठस्थित व्यवसायी क्याप्टेन रामेश्वर थापाको निवासमा ओली र नेपालबीच झन्डै चार घन्टा वार्ता भएको थियो । त्यसअघि, ओलीले नेता नेपालसहित चार नेतालाई कारबाही स्वरुप पार्टी सदस्यबाट गरिएको निलम्बन फुकुवा गरेका थिए ।

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  १० : ०४ बजे

झापामा असिनापानीले कृषि क्षेत्रमा तीन अर्बको क्षति

झापा – फागुनको अन्तिम सातायता झापामा पटक–पटक आएको हावाहुरी र

कञ्चनपुर कारागारबाट १६ कैदीबन्दी स्थानान्तरण

महेन्द्रनगर– महेन्द्रनगरस्थित कञ्चनपुर कारागारबाट १६ कैदीबन्दीलाई बाँकेको नौबस्ता कारागार स्थानान्तरण

आजका समाचार : ओली-लेखक छुटे, चौध दिनमै श्रममन्त्रीको जागिर गयो, उपसभामुखमा रुबी ठाकुर पक्का र लेबनानमा इजरायलको नरसंहार

दीपक साहलाई हटाएपछि प्रधानमन्त्रीले सम्हाले श्रममन्त्रीको जिम्मेवारीराष्ट्रपति रामचन्द्र पौडेलले श्रम,

मदनभण्डारी राजमार्ग : १३ हजार रूख कटान

झापा– राष्ट्रिय गौरवको आयोजना मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने रूख कटानको

विद्यालय तहका किशोरीमा रक्तअल्पताको समस्या

नेपालगञ्ज– बाँकेका सबै स्थानीय तहमा विद्यालय तहका किशोरीमा रक्तअल्पताको समस्या