सातामा दुई दिन मात्रै बैंक खुल्दा भिड बढ्यो « Khabarhub

सातामा दुई दिन मात्रै बैंक खुल्दा भिड बढ्यो


३१ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपरासी– पूर्वी नवलपरासी जिल्लामा साताको दुई दिन मात्रै बैंक खुला गर्ने प्रशासनको निर्देशनले सेवाग्राही मारमा परेका छन् ।

कोरोना संक्रमणको जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय नवलपरासी पूर्वले बैंक तथा वित्तीय संस्थाहरुलाई सातामा दुई दिन मात्रै दुई घण्टा खुला गर्न निर्देशन दिएपछि जिल्लाका सबै बैंकहरुमा अत्याधिक भिड बढेको छ ।

जेठको चर्को घाममा बैंक बाहिर सडकमै सैयौं सेवाग्राहीहरु लाममा बस्न बाध्य भएका छन् । आइतबार जिल्लाको कावासोतीस्थित बैंकहरुमा सेवाग्रहीको सडकमा लामो लाम देखिन्थ्यो । अत्याधिक भिड बढेपछि कोरोना संक्रमणको जोखिम पनि उत्तिकै बढेको बैंक कर्मचारीहरु बताउँछन् ।

असार लागेपछि भने प्रशासनले साताको ६ दिन नै दैनिक चार घण्टा खुला गर्न दिने भएको छ ।

बैंक तथा वित्तीय संस्थाहरु हप्ताको दुई दिन मात्र खुल्दा बैंकमा सेवाग्राहीको चाप बढेको र सेवाग्राहीको समेत गुनासो आएका कारण हप्तामा ६ दिन दैनिक चार घण्टा नियमित सञ्चालन गर्ने गरी निर्देशन दिन लागिएको प्रमुख जिल्ला अधिकारी मनमायाँ पंगेनीले बताइन् ।

पहिलो पटक निषेधाज्ञा जारी गर्दा सातामा दुई दिन मात्रै बैंक खोल्न दिने निर्णय निर्णय भएको थियो । तर त्यसको एक साता नबित्दै पुनः बैंकहरु सातामा दुई दिन दुई घण्टा मात्रै खोल्न दिने प्रशासनले निर्देशन दिएको हो ।

निषेधाज्ञा एक साता थपियो

पूर्वी नवलपरासीमा जारी निषेधाज्ञा एकसाता थप गरिएको छ । कोरोना संक्रमणको जोखिम अझै पनि कायमै रहेको भन्दै जिल्ला प्रशासनले एक साता निषेधाज्ञा थप गरेको हो ।

चौथो पटक थप गरिएको निषेधाज्ञा जेठ ३१ गते राति १२ बजे सकिदै थियो । कोरोना संक्रमणको जोखिम उत्तिकै रहेकाले आगामी असार ७ गते राति १२ बजेसम्म निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी पंगेनीले बताइन् ।

प्रकाशित मिति : ३१ जेठ २०७८, सोमबार  १० : ४५ बजे

आज अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस

काठमाडौँ– मानव सभ्यतामा अन्तरिक्ष युगको सुरुवातको स्मरण गर्दै आज अन्तर्राष्ट्रिय

केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गृहमन्त्री गुरुङ मध्यरातमा भरतपुरमा : प्रहरी शिक्षालयको निरीक्षण

चितवन – गृहमन्त्री सुधन गुरुङ मध्यरातमा चितवनको भरतपुर पुगेका छन्।

इरान-अमेरिका शान्ति वार्ता लम्बियो : १५ घण्टाभन्दा बढी समयदेखि निरन्तर छलफल

इस्लामावाद – मध्यपूर्वमा जारी तनाव अन्त्य गर्ने उद्देश्यका साथ पाकिस्तानको

सञ्जु सामसनको सानदार शतकसँगै आईपीएलमा चेन्नईको पहिलो जित

काठमाडौँ- चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा पहिलो