चोरी मुद्दाका फरार अभियुक्त १० वर्षपछि पक्राउ « Khabarhub

चोरी मुद्दाका फरार अभियुक्त १० वर्षपछि पक्राउ


३१ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- चोरी मुद्दाका फरार अभियुक्तलाई प्रहरीले १० वर्षपछि पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका २ बस्ने वर्ष ५० का गोविन्दराज अवस्थी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी प्रतीक विष्टका अनुसार उनी २०६५ मंसिर ५ गते कैलालीको साबिक मालाखेती गाविस ७ मा यार्सागुम्बा लगायत नगद तथा जिन्सी सामान चोरीमा संलग्न रहेको आरोपमा कैद सजाय सुनाइएका व्यक्ति हुन् ।

कैलाली जिल्ला अदालतले उनलाई २०६८ असार ३१ गते ६ वर्ष कैद र ४५ लाख अठतीस हजार ५ सय ५० रुपैया जरिवाना सुनाएको थियो ।

पुनरावेदन अदालत दिपायलको २०७० ११ फागुन ६ गतेको फैसला र सर्वोच्च अदालतको २०७६ साउन २७ गतेको फैसलाले पनि कैलाली जिल्ला अदालतकै फैसलालाई सदर गरेको थियो ।

पक्राउ परेका उनलाई कैलाली जिल्ला अदालत मा दाखिला गरी आवश्यक कैद भुक्तान र जरिवाना असुलीका लागी कैलाली कारागार पठाइएको डीएसपी विष्टले बताए ।

प्रकाशित मिति : ३१ जेठ २०७८, सोमबार  ८ : ४५ बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ– आज २०८२ साल चैत २० गते शुक्रबार वैशाख कृष्ण

आज २०८२ साल चैत २० गते  शुक्रबारको राशिफल 

काठमाडौँ– आज २०८२ साल चैत २० गते शुक्रबार वैशाख कृष्ण

पश्चिम एसिया द्वन्द्वका कारण छ लाखभन्दा बढी यात्रु भारत फर्किए

नयाँदिल्ली – अमेरिका–इजरायल र इरानबीचको द्वन्द्व दोस्रो महिनामा प्रवेश गरिरहँदा

गृहमन्त्री नपाएका डिपीलाई रास्वपाले सभामुखमा अघि सार्ने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापनाकालदेखि नै उपसभापति बनेका डिपी

गृहमन्त्री गुरुङ त्रिभुवन विमानस्थलको अनुगमनमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ अनुगमनका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल