यूरोकप हेर्दा विवाद भएपछि खेलाडी र सञ्चालक पक्राउ « Khabarhub

यूरोकप हेर्दा विवाद भएपछि खेलाडी र सञ्चालक पक्राउ


३१ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – होटलमा बसेर युरोकप फुटबल हेर्दा सुरु भएको विवादका क्रममा झगडा परेपछि प्रहरीले खेलाडी र होटल सञ्चालकलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार काठमाडौंको त्रिपुरेश्वरस्थित युनाइटेड बिजनेस होटलमा युरोकप फुटबल हेर्दा विवाद गरेर झगडा गर्ने खेलाडी र होटल सञ्चालकलाई पक्राउ गरिएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रमेश बस्नेतका अनुसार पक्राउ पर्नेमा युनाइटेड बिजनेस होटलका सञ्चालक अश्विन श्रेष्ठ, एसियाका खेलाडी विलिम पोसिन्कोविक, अजरबैजानका नुर्लान जाहिद ओग्लु, धादिङ घर भएकी एलिसा मगर, सिन्धुपाल्चोककी सुनि तामाङ, बुढानिलकण्ठका क्षितिज खड्का, सिन्धुपाल्चोकका नविन लामा र दोलखा घर भएका रोहित तामाङसहित ८ जना छन् ।

एसपी बस्नेतका अनुसार जेठ ३० गते विहान ३ बजेतिर झगडा परेको सूचना आएपछि क्रोएसिया र अजरबैजान घर भएका विदेशी फुटवलरसहित ९ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

अहिले उनिहरुलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधाज्ञा उल्लंघन गरेको आरोपमा जरिवाना लिएर रिहा गरेको छ । संक्रामक रोग ऐन–२०२० विरुद्धको कसुरमा उनीहरुलाई प्रमुख जिल्ला अधिकारीले जरिवाना गरेका हुन् ।

होटल संचालकलाई ४ लाख र होटलमा झगडा गर्ने ८ जनालाई जनही १५ हजार जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।

प्रकाशित मिति : ३१ जेठ २०७८, सोमबार  १ : १५ बजे

अशोकसँगको सम्बन्धमा किन आयो दरार ? टंक भन्छन्- ‘सडकको बच्चालाई हिरो बनाएर गल्ती गरेँ’

बाल गायकका रूपमा चर्चामा आएका अशोक दर्जीलाई सडकबाट ल्याएर संरक्षण

निर्वाचन क्षेत्रका आलोचक ठेगान लगाउन रास्वपा सांसद गुहारे साइबर ब्युरो, ‘भाग्यो’ भनेर भ्रम फैलाएको जिकिर

काठमाडौं- सामाजिक सञ्जालमार्फत पुराना दल र सरकारलाई प्रश्न तथा आलोचना

गगनलाई नेताहरूको सुझाव : पूर्वसभापति देउवासँग अन्तिम पटक संवाद गर्नुस्

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शेरबहादुर देउवालाई पार्टी प्रणालीभित्र

अख्तियारमा स्थानीय तहसँग सम्बन्धित उजुरी सबैभन्दा धेरै, संघतर्फ भूमि व्यवस्था र संघीय मामिलाका उच्च

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०८२/८३ मा सबैभन्दा

नौ लाख रुपैयाँ घुससहित समातिए नापीका टोली प्रमुख वली

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय डिल्लीबजारअन्तर्गत ३ नं.