एमाले स्थायी कमिटी बैठक अनिश्चित, कार्यदलको सहमति के होला ? « Khabarhub

एमाले स्थायी कमिटी बैठक अनिश्चित, कार्यदलको सहमति के होला ?


३० असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेको स्थायी कमिटी बैठक अनिश्चित भएको छ ।

मंगलबार नै बस्ने भनिएको बैठक अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधनले स्थगित भएको थियो । आजको बैठकको स्थान र समय निर्धारण भइनसकेको कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

ओलीले आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छाड्ने भएकाले बैठक बस्ने सम्भावना कम रहेको तामाङले बताएका छन् । तथापि भ्याइएको खण्डमा आजै बैठक बसेर केन्द्रीय कमिटी बैठकको मिति पनि तय गर्ने उनले बताए ।

बैठकमा पार्टी एकताका लागि कार्यादलमा भएको १० बुँदे सहमति अनुमोदन गर्ने यसअघि बताइए पनि सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेपछि नेपाल-खनाल समूहसँग ओली रुष्ट छन् ।

ओलीले मंगलबार देशबासीका नाममा गरेको सम्बोधनमा पनि नेपालको आलोचना गरेका थिए । नेपाल-खनाल पक्ष पनि बैठकमा जाने नजानेबारे अझै निर्णयमा पुगिसकेको छैन ।

प्रकाशित मिति : ३० असार २०७८, बुधबार  ९ : ५५ बजे

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार