काठमाडौँमा तरकारीको मूल्य दोब्बर, उपभोक्ता मारमा « Khabarhub

काठमाडौँमा तरकारीको मूल्य दोब्बर, उपभोक्ता मारमा


३० असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँमा तरकारीको मूल्य दोब्बर भएको छ । पहिरोका कारण राजमार्गहरु अवरुद्ध हुँदा र वर्षातमा उत्पादन घट्दा तरकारी आपूर्ति कम भएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

बजारमा अहिले सबैजसो तरकारी किलोमा एक सय रुपैयाँभन्दा बढी छ । लकडाउन केही खुकुलो भएसँगै महंगी बढेपछि उपभोक्ता मारमा परेका छन् ।

गएको जेठ महिनामा खुद्रामा किलोको ५० देखि ६० रुपैयाँ रहेको बन्दा अहिले १२० देखि १३० रुपैयाँ पुगेको छ । सबैभन्दा धेरै अहिले बोडी र सिमीको भाउ बढेको छ ।

काठमाडौँको मुख्य थोक बजार कालीमाटीमा यी तरकारीको मूल्य थोक एक सय रुपैयाँको हाराहारीमा पुगेको छ ।

समितिकाको मूल्य सूचीअनुसार आज राज्मा सिमी किलोको ११० देखि १२० रुपैयाँ छ भने घिउसिमी किलोको ८० देखि ९० रुपैयाँ थोक मूल्य तोकिएको छ । यो भाउ खुद्रा बजारमा अझ दोब्बरले बढी हुन्छ । त्यस्तै काउली सय रुपैयाँ प्रतिकिलो, कागती १ सय ३० रुपैयाँ प्रतिकिलो, हरियो अकबरे खुर्सानी ३ सय ५० रुपैयाँ प्रतिकिलो, हरियो खुर्सानाी १ सय २० रुपैयाँ प्रतिकिलो रहेको छ ।

त्यस्तै गाजर प्रतिकिलो १ सय २०, गोलभेँडा प्रतिकिलो ३०, घिउ सिमी प्रतिकिलो ९०, तितेकरेला प्रतिकिलो ९०, पालुगो साग प्रतिकिलो ९०, बन्दा प्रतिकिलो ५०, तने बोडी प्रतिकिलो ८०, ब्राकाउली प्रतिकिलो १ सय ५०, लौका प्रतिकिलो ७० रुपैयाँ रहेको छ ।

कोरोनाको जोखिमका कारण अहिले काठमाडौँ उपत्यकाका प्राय: सबै विद्यालय बन्द छन् ।

विद्यालयका होस्टेल तथा क्यान्टिन तथा होटल र रेस्टुरेन्ट पनि प्राय बन्द हुँदा तरकारीको माग त्यति धेरै छैन । बजारमा अहिले दैनिक ६ सयदेखि सात सय मेट्रिक टन तरकारी पनि भित्रिरहेको छ । तर, पनि मूल्य भने बढ्दै गएको छ ।

बर्खाको समय भएकाले तरकारीको मूल्य बढेको समितिका सूचना अधिकारी विनय श्रेष्ठ बताउछन् ।

प्रकाशित मिति : ३० असार २०७८, बुधबार  १ : ५३ बजे

स्याफ्रुबेँसी–खाम्जिङ जोड्ने अस्थायी काठेपुल सञ्चालन

रसुवा– भोटेकोशी बाढीले सडक सञ्जाल टुटेपछि अवरुद्ध रसुवाको स्याफ्रुबेँसीबाट गोसाइँकुण्ड

झापामा चार लाख ५१ हजारले पाए राष्ट्रिय परिचयपत्र

झापा– झापामा चार लाख ५१ हजार ७०४ जनाले राष्ट्रिय परिचयपत्र

तिहारलक्षित सयपत्री फूलखेतीमा जमेका विष्ट

सुनसरी– तिहारलाई लक्षित गर्दै बराहक्षेत्र नगरपालिका–६ का किसान अर्जुन विष्टले

पशु वधशाला तथा मासु जाँच ऐन कार्यान्वयनका लागि कार्यदल गठन

काठमाडौँ– सरकारले पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ कार्यान्वयनका

चक्रवात ‘अर्नब’को प्रभाव : भारी वर्षा र हिमपातको चेतावनी

काठमाडौँ– हाल देशमा पश्चिमी वायुको आंशिक प्रभावसँगै बङ्गालको खाडीमा विकसित