प्रधानमन्त्री कार्यालयमा राष्ट्रपतिको फोटो किन यस्तो ? | Khabarhub Khabarhub

प्रधानमन्त्री कार्यालयमा राष्ट्रपतिको फोटो किन यस्तो ?


३० असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा राखिएको राष्ट्रपति विद्यादेवी भण्डारीको फोटोमा मुहार चिन्न नसकिने गरी पोतिएको पाइएको छ ।

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले शपथ लिएपछि सिंहदरबारमा बसेको मन्त्रिपरिषद कार्यालयको कक्षमा रहेको राष्ट्रपति भण्डारीको फोटोमा मुहार नचिन्ने गरी पोतिएको पाइएको हो ।

सरकारी समाचार संस्था राससका फोटो पत्रकार रोशन सापकोटाले खिचेको तस्वीरमार्फत मन्त्रिपरिषद कक्षमा राखिएको राष्ट्रपति भण्डारीको फोटोमा सेतो रङ वा सेतो वस्तुले पोतिएको घटना बाहिर आएको हो ।

तस्वीर : रासस

सर्वोच्च अदालतबाट प्रधानमन्त्री नियुक्त भएका देउवालाई नियुक्ती गर्दा संविधानको धारा उल्लेख नगरिएकाले राष्ट्रपतिसँगको रिस्इबीका कारण सरकारले नै यस्तो हर्कत गरेको केहीले आशंका गरेका छन् । कतिपयले भने फोटोसप गरिएको दाबी गरेका छन् ।

राससका महाप्रबन्धक सिद्धराज राईले फोटोमा कुनै छेडखानी नगरिएको बताएका छन् । उनले जस्तो फोटो खिचिएको त्यस्तै प्रेषित गरेको दाबी गरेका छन् । त्यस विषयमा वास्तविकता बुझ्ने काम भइरहेको उनले जानकारी दिए ।

तस्वीर खिच्ने फोटोपत्रकार सापकोटाले भने क्यामेराको लाइटका कारण राष्ट्रपतिको तस्वीरमा सेतो दाग देखिएको दाबी गरेका छन् । फोटो खिच्ने समयमा नेपाल टेलिभिजनको क्यामेराको लाइट प्रधानमन्त्री देउवाको आँखामा सोझै परेपछि उक्त लाइट सिलिङतर्फ फर्काउँदा लाइटका कारण फोटोमा त्यस्तो देखिएको उनले बताए ।

मन्त्रिपरिषद कार्यालयले भने यस विषयमा कुनै जानकारी नभएको प्रतिक्रिया दिएको छ ।

‘सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको मन्त्रिपरिषदको पहिलो बैठकमा सहभागी हुँदै मन्त्रीहरु’ भन्दै राससले प्रकाशन गरेको तस्वीरमा राष्ट्रपतिको मुहारमा पोतिएको स्पष्ट देखिएको छ ।

राष्ट्रपतिको फोटो पोतिएको घटनालाई लिएर समाजिक सञ्जाल तथा सञ्चारमाध्यममा आलोचना शुरू भएको छ ।

प्रकाशित मिति : ३० असार २०७८, बुधबार  ३ : ३५ बजे

धार्चेले मासुजन्य उत्पादनको आधारमा अनुदान दिने

गोरखा- जिल्लाको धार्चे गाउँपालिकाले मासुजन्य उत्पादनको आधारमा कृषकहरुलाई अनुदान दिने

मुलुकमा निर्वाचनको विकल्प छैन: उपेन्द्र यादव

रुपन्देही- जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा

खानेपानीको पाइप फुटेर बानेश्वर–तीनकुने क्षेत्रको सडक जलमग्न

काठमाडौँ– नयाँ बानेश्वर-तीनकुने सडकखण्डमा खानेपानीको मुख्य पाइप फुटेपछि सडक जलमग्न

समाजवादी युवा सङ्घका केन्द्रीय अध्यक्ष नै जसपा नेपालमा

देवदह (रुपन्देही)- अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) निकट

मङ्सिरभित्रै १५औँ महाधिवेशन गर्न कांग्रेस गण्डकी प्रदेश समितिको माग

लेखनाथ (कास्की)- नेपाली कांग्रेस गण्डकी प्रदेश समितिले पार्टीको १५औँ महाधिवेशन