महामारी परास्त गर्न सबैको सहयोग र योगदानको खाँचो : गृहमन्त्री खाँण | Khabarhub Khabarhub

महामारी परास्त गर्न सबैको सहयोग र योगदानको खाँचो : गृहमन्त्री खाँण


३० असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नवनियुक्त गृहमन्त्री बालकृष्ण खाँणले सिंहदरबारस्थित गृहमन्त्रालयमा आज पदबहाली गरेका छन् ।

उनलाई मन्त्रालयमा गृहमन्त्रालयका सचिव महेश्वर न्यौपाने, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेशप्रसाद अधिकारीलगायतले स्वागत अभिवादन गरेका थिए ।

पद बहालीपछि सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै गृहमन्त्री खाँणले हामीले आफ्नो जीवनमा कोभिड–१९ को सबैभन्दा ठूलो महामारी सामाना गरिरहेकाले त्यसलाई परास्त गर्न सबैको सहयोग र योगदानको खाँचो औँल्याए ।

उनले भने, “कोरोनाको महामारीबाट बच्नका लागि सबैले गम्भीरतापूवर्क आफ्नो दायित्व र भूमिका निर्वाह गर्न जरुरी छ । कोभिड–१९ को महामारीका क्रममा सुरक्षा निकाय, स्वास्थ्यकर्मी, सञ्चारकर्मी अग्रभागमा रहेर ठूलो भूमिका निर्वाह भइरहेको छ ।”

कोभिड–१९ प्रतिकार्यमा खटिने जुनसुकै नागरिकको जीवनरक्षा गर्नु सरकारको दायित्व रहेको बताउँदै गृहमन्त्री खाँणले भने, “महामारीका लागि समन्वयका साथ समुचित व्यवस्थापन गर्नुपर्छ, आवश्यक ठाउँमा सरकारकाले बजेट व्यवस्थापन र खर्च तथा उपचार गर्न प्रतिबद्ध छ ।”

उनले संवैधानिक व्यवस्थाअनुरुप कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीच समन्वय गरी बनेका कानूनहरुलाई कार्यान्वयन गर्ने भूमिकामा सम्बद्ध निकायले सक्रियताका साथ मिलेर अघि बढ्नुपर्छ भन्ने हाम्रो चाहना रहेको बताए ।

नवनियुक्त गृहमन्त्री खाँणले पूर्वी नवलपरासी जिल्ला विपद् व्यवस्थापन कोषमा त्यहाँबाट माग गरिएको रकम पठाउने फाइल सदर गरेका थिए । मुलुकका ७७ जिल्लाका विपद् व्यवस्थापन कोषमा आवश्यकताअनुसार रकम रहने गर्छ । सरकारको केन्द्रीय विपद् व्यवस्थापन कोषमा हाल रु एक अर्ब पाँच करोड छ ।

जिल्ला विपद् व्यवस्थापन कोषबाट क्षतिको विवरण र मापदण्डअनुसार पीडितलाई रकम उपलब्ध गराइँदै आएको छ । विपद्मा परेका जनतालाई अप्ठेरो परेका बेला सरकार पीडितको साथमा छ र सहयोग गर्न तत्पर छ भन्ने सन्देश दिन तत्काल राहतस्वरुप यो कोषबाट सहयोग प्रदान गरिन्छ ।

प्रकाशित मिति : ३० असार २०७८, बुधबार  ३ : ४१ बजे

करिब पाँच हजार जनामा डेङ्गी सङ्क्रमण

काठमाडौं – डेङ्गीको सङ्क्रमण पाँच हजारको नजिक पुगेको छ ।

शिक्षामन्त्री पुनको निर्देशन : हरेक विद्यालयमा एक कम्प्युटर शिक्षक अनिवार्य गर्नुहोस्

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमत्री डा महाविर पुनले मन्त्रालयलका

देशभरका सडकको अवस्था र सुरक्षालाई व्यवस्थित बनाउन फोकल पर्सन तोकियो

काठमाडौं – देशभरका सडकहरूको अवस्था र सुरक्षालाई व्यवस्थित बनाउन भौतिक

२२ प्रतिशतले बढ्यो वैदेशिक व्यापार, ८८ प्रतिशतले बढ्यो निर्यात

काठमाडौं– चालु आर्थिक वर्ष (आव)को दुई महिनामा अघिल्लो आवको सोही