गण्डकी प्रदेशसभामा एमाले सांसदको हंगामा, होहल्लाबीच बजेट पारित « Khabarhub

गण्डकी प्रदेशसभामा एमाले सांसदको हंगामा, होहल्लाबीच बजेट पारित


३० असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– गण्डकी प्रदेशसभामा एमाले सांसदले नाराबाजी लागउँदै ‘हंगामा’ मच्चाएका छन् । बजेट पारित गर्ने क्रममा एमाले सांसदहरुले नाराबाजीसहित अवरोध गरेका हुन् ।

उनीहरुले कार्यसूची अनुसार प्रक्रिया अघि नबढेको भन्दै सदनभित्र नारावाजी गरेका थिए । होहल्ला साम्य पार्न मर्यादापालकले बल समेत प्रयोग गर्नु परेको थिइ ।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रस्तुत गरेको आर्थिक वर्ष २०७८/७९ को बजेटमा बहुवर्षीय योजनाहरूलाई निरन्तरता नदिएको, अघिल्लो सरकारले स्रोत सुनिश्चित गरेर अगाडि बढाएका योजना काटिएको भन्दै एमाले सांसदले टेबल उठाएर बजेटमाथिको छलफलमा अवरोध गरेका थिए ।

एमाले सांसदहरुको अवरोधकाबीच प्रदेशसभामा बजेट भने पारित भएको छ ।

प्रकाशित मिति : ३० असार २०७८, बुधबार  ५ : ४४ बजे

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार