पदभार ग्रहण गर्दै उर्जामन्त्रीले भनिन् : पूर्वाग्रह नराखी परिणाममुखी काम हुन्छ « Khabarhub

पदभार ग्रहण गर्दै उर्जामन्त्रीले भनिन् : पूर्वाग्रह नराखी परिणाममुखी काम हुन्छ


३० असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले मुलुकका सबै क्षेत्रमा बिजुलीको पहुँच पुर्‍याउने लक्ष्यका साथ काम गर्ने बताएकी छन् ।

बुधबार सिंहदरबारमा पदभार ग्रहण गर्दै मन्त्री भुसालले बिजुली बत्ती बाल्नै नपाउनेहरूको संख्या नेपालमा धेरै रहेको भन्दै बिजुलीको पहुँच चाँडो पुर्‍याउनुपर्ने बताइन् । उनले जलविद्युतको क्षेत्रमा धेरै लक्ष्य राख्ने तर लक्ष्य पूरा नहुने क्रम दोहोरिँदै आएकाले त्यस्तो प्रवृत्तिलाई सुधार गर्नुपर्ने धारणा राखिन् । उनले नेपालमा लोडसेडिङ कहिल्यै नहुनेमा जोड दिनुपर्ने बताइन् ।

आफूले काममा कुनै पूर्वाग्रह नराख्ने तर परिणाममुखी काम निकाल्नुपर्ने स्पष्ट पारिन् । मन्त्री भुसालले देश र जनताको सपना पूरा गर्न आत्मसाथ गर्नुपर्ने बताइन् ।

कृषि प्रधान देश भनिए पनि सिंचाईको समस्या ठूलो रहेको भन्दै उनले सबै कृषि योग्य ठाउँमा बाह्रै महिना सिंचाई पुर्‍याउन लाग्नुपर्ने बताइन् । उनले अहिले बाढीपहिरो र भुक्षय बढेको र विभिन्न निकायसँग समन्वय गरेर यसको रोकथाम तथा नियन्त्रणमा सक्दो कदम चाल्नुपर्ने धारणा उल्लेख गरे ।

मंगलबार सपथ गरेकी मन्त्री भुसालले बुधबार सिंहदरबार पुगेर पदभार सम्हालेकी हुन् । मन्त्रालयमा उनलाई कर्मचारीहरुले स्वागत गरेका थिए ।

प्रकाशित मिति : ३० असार २०७८, बुधबार  ५ : ५५ बजे

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार