ज्योति विकास बैंक र नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्सबीच सम्झौता « Khabarhub

ज्योति विकास बैंक र नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्सबीच सम्झौता


३० असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ज्योति विकास बैंक र नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)बीच सहकार्यका लागि सम्झौता भएको छ ।

नाट्टाको वार्षिक साधारणसभाको अवसरमा सो संस्थामा आबद्ध व्यवसायी र त्यस्ता संस्थामा कार्यरत कर्मचारीलाई विभिन्न बैंकिङ सेवा प्रदान गराउने सम्बन्धमा दुई पक्षबीच सम्झौता भएको हो ।

सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पारसराज कँडेल र नाट्टाको अध्यक्ष अच्युत गुरागाईंले हस्ताक्षर गरे ।

सम्झौताअनुसार बैंकले नाट्टामा आबद्ध व्यवसायी तथा त्यस्ता संस्थामा कार्यरत कर्मचारीहरुलाई विशेष छुटमा प्रोफेसनल लोन, कर्जा सेवाहरु र सहज वित्तीय सेवाहरु प्रदान गर्नेछ । साथै, बैंकले नाट्टाअन्तर्गतका व्यवसायीहरुलाई डिजिटल बैंकिङ सेवाहरु प्रदान गर्ने र सहजै सञ्चालन गरी व्यवसायमा लागु गर्न पनि सहयोग गर्ने जनाइएको छ ।

प्रकाशित मिति : ३० असार २०७८, बुधबार  ६ : ३० बजे

शरद ऋतुमा ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ६९ देशका

पहिरोले अवरुद्ध चितवनको चेपाङ मार्ग आंशिक सञ्चालन

चितवन– पूर्व–पश्चिम राजमार्गको चितवनस्थित भण्डारादेखि पहाडी बाटो हुँदै धादिङको मलेखु

बद्नाम पूर्णबहादुर र शेखर: अलमलमा तेस्रो धार

काठमाडौँ – नेपाली कांगेस १५औँ महाधिवेशनमा हुमिँदा दुई शीर्ष नेता

अधिवेशनमा सक्रिय सहभागिताका लागि कांग्रेस पूर्वसभापति देउवाको अपिल

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सो पार्टीको संस्थापन इतर

बागलुङ पहिरोमा बेपत्ता महिलाको शव फेला, मृतकको सङ्ख्या १३ पुग्यो

बागलुङ– बागलुङमा यही असोज ९ देखि ११ गतेसम्म आएको अविरल