सरकार परिवर्तन भएसँगै विप्लव र प्रचण्डबीच खुमलटारमा भेट « Khabarhub

सरकार परिवर्तन भएसँगै विप्लव र प्रचण्डबीच खुमलटारमा भेट


३० असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका छन् ।

कांग्रेस नेतृत्वमा गठबन्धनको नयाँ सरकार बनेसँगै खुमलटारस्थित प्रचण्ड निवास पुगेर विप्लवले प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।

दुई नेताबीचको भेटवार्तामा के विषयमा छलफल भयो भन्नेबारे केही खुलाइएको छैन । यद्यपी शान्ति प्रक्रियामा आउने सम्झौता गरिसकेको विप्लव समूहले प्रचण्डसँग भेट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । प्रचण्डसँगको भेटमा विप्लव‍सँगै नेता धर्मेन्द्र बाँस्तोला पनि खुमलटार पुगेका थिए ।

विप्लव समूहले केपी ओली सरकारसँग शान्ति प्रक्रियामा आउने सम्झौता गरेका थिए । तर सम्झौता बमोजिम पक्राउ परेका नेता कार्यकर्ता रिहा नभएको विप्लव समूहले गुनासो गर्दै आएको छ ।

प्रकाशित मिति : ३० असार २०७८, बुधबार  ६ : ५४ बजे

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार