पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्गको पर्वत सडकखण्ड सञ्चालन « Khabarhub

पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्गको पर्वत सडकखण्ड सञ्चालन


३० असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्वत– मध्यपहाडी लोकमार्गअन्तर्गत  कुश्मा नगरपालिका–८ चुवास्थित चाइनाचोक नजिकैको पहिरो हटाइएसँगै अवरुद्ध सडक सुचारु भएको छ ।

मङ्गलबार राति ९ः०० बजेको समयमा सडकमाथिबाट पहिरो झरेर पुरिएको सडकमा रहेका ढुङ्गा फुटाएर पन्छाइएपछि १९ घण्टामा सडक सञ्चालन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक कृष्णबहादुर खड्काले जानकारी दिए ।

“मङ्गलबार राति ९ः०० बजे पहिरो गएपछि रातिमा गुडेका सवारी पनि बाटोमै अलपत्र परेका थिए, बुधबार बिहानैबाट बाटो खुलाउन प्रयास गरिएकामा केहीबेरअघिबाट बाटो सञ्चालन भएको छ”, उनले भने, “यसपटकको वर्षाले मध्यपहाडी राजमार्गको पर्वत खण्डमा धेरै नै दुःख दियो, अवरुद्ध भएको छैटौँ मङ्गलबार साँझबाट खुलेको लोकमार्ग मङ्गलबार रातिबाटै अवरुद्ध भयो, वैकल्पिक सडक नहुँदा पनि समस्या भइरहेको छ ।”

मध्यपहाडी लोकमार्गअन्तर्गत जिल्लामा काम गरिरहेको लामा कन्स्ट्रक्सनले आज बिहानैबाट तीन एस्काभेटरको सहयोगमा सञ्चालन गराएको हो । अवरुद्ध बाटो सञ्चालन भएपछि पोखराबाट साविकको धौलागिरिका चार जिल्लाका लागि छुटेका तथा त्यहाँबाट बाहिरिन लागेका सवारी गन्तव्यतर्फ लागेका छन् ।

प्रकाशित मिति : ३० असार २०७८, बुधबार  ८ : ३० बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना