बिहान खाली पेट पानी पिउनुका आश्चर्यजनक फाइदाहरू | Khabarhub Khabarhub

बिहान खाली पेट पानी पिउनुका आश्चर्यजनक फाइदाहरू


३० श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बिहान खाली पेटमा पानी पिउँदा धेरै समस्याको समाधान हुन्छ । अधिकांश रोग पेटमा नै उत्पन्न हुन्छन् त्यसैले खाली पेटमा पानी खानुको अर्थ धेरै छ । यसको प्रमुख फाइदा पेट स्वस्थ बनाउनु हो । प्रायः जापानीले बिहान उठ्नेबित्तिकै चार गिलास पानी खान्छन् । पानी खाएको आधा घन्टापछि मात्र ब्रेकफास्ट लिन्छन् ।

यो वाटर थेरापीले उनीहरुलाई सक्रीय र स्वस्थ रहन मद्दत गरिरहेको छ । खाली पेट पानी खाँदा करिब ९० प्रतिशत रोगबाट बच्न सकिन्छ । यसमा पनि मन तातो पानी उपयुक्त हुन्छ ।

आन्द्रामा फ्लस

खाली पेटमा प्रशस्त पानी खाँदा पेटका विकार शौचमार्फत जाने र पेट सफा हुन्छ । यसले पाचन प्रणालीलाई पनि सहयोग गर्छ । तपाइँलाई एकाबिहानै शौच आउँदैन भने कम्तीमा दुई गिलास मन तातो पानी खाली पेट खाँदा खुलेर शौच आउँछ ।

शरीरका विकार फालिदिन्छ

तपाईं बाथरुम जाँदा शरीरका विकारलाई बाहिर फालिदिनुहुन्छ । जति धेरै पानी पिउनुहुन्छ त्यति धेरै विकार शरीरबाट फाल्न सहयोग पुग्छ ।

भोक बढाउँछ

नियमित खाना खानु महत्वपूर्ण हुन्छ । तर भोक लागेन भने के गर्ने ? खाली पेट पानी पिउँदा तपाईंको भोक जाग्छ । बिहान उठ्ने बित्तिकै खाली पेटमा दुई गिलास पानी पिउनुहोस तपाईंलाई भोक लागिरहन्छ ।

टाउको दुख्नबाट बचाउँछ

मानिसलाई बारम्बार टाउको दुख्नुको मुख्य कारण पर्याप्त पानी नपिउनु हो । डिहाइड्रेसनको मुख्य लक्षण नै टाउको दुख्नु हो । तसर्थ बिहान उठ्नेबित्तिकै पानी खानुभयो भने यो समस्याबाट मुक्ती मिल्छ । टाउको दुख्नबाट बचाउनको अतिरिक्त यसले श्वासको दुर्गन्ध र अन्य व्याक्टेरियाको संक्रमणबाट जोगाउँछ ।

कोलोन सफा गर्छ

पानी पिउँदा कोलोन सफा गरिदिन्छ । एक गिलास पानी खाली पेट खाँदा कोलोनमा जम्मा भएको लेदो र विकार सफा गरिदिन्छ । कोलोन सफा भएमा शरीरलाई आवश्यक पोषक तत्व शोषण गर्न सहयोग पुयाउँछ । तपाईको कोलोन सफा भएमा समग्रमा सम्पूर्ण शरीर नै स्वस्थ हुन्छ ।

मेटाबोलिजमलाई तीब्र पार्छ

यदि तपाईले डाइटिङ गर्दै हुनुहुन्छ भने खाली पेट पानी खानु उत्तम उपाय हो । पानी पिउँदा कम्तिमा पनि २४ प्रतिशतले मेटाबोलिजमलाई बृद्धि गर्छ । यसको अर्थ तपाईले चाँडो र प्रभावकारी रुपमा खाना पचाउन सक्नुहुन्छ । जसका कारण छोटो समयमा नै तौल घट्छ ।

ऊर्जा बढाउँछ

यदि तपाईलाई अल्छि लागेको छ भने एक गिलास पिउनुहोस् । खाली पेट पानी खाँदा रगतका रक्त कोषिकालाई चाँडो बढ्न सहयोग पुयाउँछ । जति धेरै कोषिकाको बृद्धि हुन्छ । त्यति नै धेरै शरीरमा अक्सिजन प्रबाह हुन्छ । यसको अर्थ तपाईमा एक प्रकारको ऊर्जा मिल्छ ।

अनुहारको छालामा चमक ल्याउँछ

खाली पेट प्रशस्त पानी खादा अनुहारको चमक बढाउँछ । शरीरमा जति बढी विकार र उत्तेजित तत्व हुन्छ त्यति नै तपाईको अनुहारको छाला नराम्रो बनाउँछ तर प्रशस्त पानी खाँदा विकार हट्ने भएकोले अनुहारको सुन्दरतामा निखार आउँछ ।

रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्छ

समग्र स्वास्थ्यको लागि पानी नभई नहुने तत्व हो । शरीरमा तरल पर्दाथको सन्तुलनका लागि पनि पानी नभई हुँदैन । दिनहुँ खाली पेटमा पानी खाँदा रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्छ । तपाईको रोग प्रतिरोधात्मक क्षमता बलियो भएमा तपाईलाई कुनै पनि प्रकारका रोग लाग्दैन ।

साभार : मेरो डाक्टरबाट

प्रकाशित मिति : ३० श्रावण २०७८, शनिबार  ५ : १५ बजे

मलामी गएका किशोरको डुबेर मृत्यु

दैलेख – मलामी गएका गुराँस गाउँपालिका–४ रिठाका ११ वर्षीय कमल

मोहन वैद्य अस्पतालबाट डिस्चार्ज

काठमाडौं – क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्य महाराजगञ्जस्थित

स्टुडियोमा समाचार पढिरहेकै बेला इरानी टेलिभिजनमा बम हान्यो इजरायलले

तेहरान — इरानको सरकारी सञ्चार संस्था आईरआईबीले सोमबार एक आकस्मिक

नेदरल्यान्ड्सले नेपाललाई दियाे १५३ रनको लक्ष्य

स्कटल्याण्ड – स्कटल्याण्डमा जारी त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत आजको खेलमा

तीन दिनदेखि बेपत्ता पुरुषको शव फेला

तनहुँ – गत शनिबारदेखि बेपत्ता यहाँको बन्दीपुर गाउँपालिका–३ का ५६