भविष्यको मुहान : प्रेरक प्रसङ्ग « Khabarhub

भविष्यको मुहान : प्रेरक प्रसङ्ग


३० श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एक शिक्षण संस्थामा अन्तिम वर्षको परीक्षामा उच्चतम अङ्क ल्याउने आठ दश विद्यार्थीलाई देशका नाम चलेका औद्योगिक संस्थाले नियुक्त गर्ने परम्परा थियो । त्यो वर्ष पनि त्यही भयो ।

माथिल्लो नम्बर ल्याउने नौ जना उच्च पद र प्रतिष्ठायुक्त नोकरी पाएर दङ्ग परे । तर, उनीहरुमध्येकै एउटा केटाले त्यो अवसर पाएन, जो चुनिएका साथीहरुभन्दा कुनै कुरामा कम थिएन ।

ऊ असाध्यै परिश्रमी थियो । उसको सेवाबाट लाभ नै हुने ठानी एउटा उद्योगले अस्थायी रुपमा केही भत्ता दिने शर्तमा उसलाई काममा लगायो । तर आफ्नै साथीहरुको तुलनामा उसको नियुक्ति आर्थिक दृष्टिले कमजोर थियो ।

ऊ उदास हुन थाल्यो । सबैले उसको भाग्यलाई दोष दिए, तैपनि उसले हिम्मत हारेन । एउटा नामी औद्योगिक संस्थाले अचानक त्यस शिक्षण संस्थामा सम्पर्क गरेर जस्तो व्यक्ति माग गर्‍यो, त्यो ठ्याक्कै त्यही युवकसँग मिल्ने खालको थियो ।

उसले आफ्नो योग्यता अनुसारको काम र तलब पायो । फरक एउटै मात्र थियो, उसको नियुक्ति अन्य साथीको तुलनामा धेरै उच्चस्तरको थियो । तलब र सामाजिक प्रतिष्ठा, दुवै दृष्टिले ऊ सबै साथीभन्दा श्रेष्ठ हुन गयो ।

कहिलेकाहीँ अनुकूल समयको लागि प्रतीक्षा गर्नुपर्छ ।

साभार : ‘विश्वका उत्कृष्ट प्रेरक प्रसङ्ग’ पुस्तकबाट

प्रकाशित मिति : ३० श्रावण २०७८, शनिबार  ११ : ४९ बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का