इन्टरनेट सेवाको शुल्क घटाइने तयारी « Khabarhub

इन्टरनेट सेवाको शुल्क घटाइने तयारी


३० श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले सबैमा इन्टरनेट सेवाको पहुँच पुर्‍याउन शुल्क घटाउने तयारी गरेको छ । लिभिङ विट आइसिटीले आयोजना गरेको ‘मेरो डिजिटल नेपाल, मेरो परिकल्पना’ कार्यक्रममा सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयका सचिव डा बैकुण्ठ अर्यालले सबैमा इन्टरनेट सेवाको पहुँच पुर्‍याउनका लागि सेवा शुल्क घटाउने तयारी गरिएको जानकारी दिए ।

“मोवाइल डाटा वा वाईफाई कुनबाट शुल्क घटाउन सकिन्छ भनेर हामी अध्ययन गरिरहेका छौँ”, उनले भने, “सरकारी र नीजि मिलेर अहिले भएको दरमा इन्टरनेट सेवाको शुल्क घटाई सबैको सुलभ बनाइने छ ।”

एउटा किसानले पनि आफ्नो उत्पादनलाई टेक्लोलोजीसँग जोड्न सक्ने गरी बजारीकरण गर्न सजिलो गराउनका लागि इन्टरनेट सेवाको शुल्क घटाउन थालिएको उनको भनाइ छ । उनले डिजिटल नेपाल फ्रेमवर्क बनाउन सबै लाग्नुपर्ने बताए ।

प्रतिनिधिसभाको दिगो विकास तथा सुशासन समिति सभापति तारादेवी भट्टले सूचना प्रविधिको प्रयोग गरेर मात्र मुलुकमा दिगो विकासको लक्ष्य प्राप्त गर्न सकिने बताइन । प्रविधिको प्रयोग गरेर मात्र मुलुकलाई समृद्व बनाउने सकिने बताउँदै उनले नेपाललाई डिजिटल नबनाई सुशासन हुन नसक्नेतर्क गरिन ।

राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रबहादुर गुरुङले कोरोनाका कारण डिजिटल नेपाल फ्रेमवर्कलाई प्रभाव पारेको भन्दै सूचना प्रविधिको विकास सरकारले भन्दा निजी क्षेत्रले गरेको बताए । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश आचार्यले नेपालका सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकासका लागि शिक्षा र प्रविधिलाई सँगसँगै जोडेर लैजानुपर्ने बताए ।

‘मेरो डिजिटल नेपाल, मेरो परिकल्पना’ प्रतियोगितामा प्रथम पुरस्कार सेन्टजेभियर्स कलेज, काठमाडौँकी कक्षा १२ मा अध्ययनरत नेहा गिरीले जितेकी छन् । उनको ‘मेरो डिजिटल नेपाल, मेरो परिकल्पना’ शीर्षकको निबन्ध प्रतियोगितामा प्रथम भई रु एक लाखको राशिको पुरस्कार प्राप्त गरेको छ ।

यस्तै द्वितीय बङ्गलामुखी राधाकृष्ण थारु उच्च माध्यमिक विद्यालय गुलरिया–६ बर्दियामा कक्षा १० मा अध्ययनरत प्रश्ना सुवेदी र रत्न राज्य माध्यमकि विद्यालय, बानेश्वरका कक्षा १० का ऋदम भेटवाल जितेका छन् । उनीहरूले नगद रु ५० हजार पाएका छन् ।

प्रकाशित मिति : ३० श्रावण २०७८, शनिबार  १० : ३० बजे

रसुवा बाढीले विभिन्न बैंकका १७ वटा शाखा प्रभावित

काठमाडौं– रसुवाको भोटेकोशीमा यही भदौ १० गते आएको बाढीका कारण

‘टिम्बुरे टु त्रिवेणी’ अपरेशन : शव व्यवस्थापन र ‘डीएनए’ परीक्षणलाई तीव्रता

नुवाकोट– नेपाल प्रहरीको ‘टिम्बुरे टु त्रिवेणी’ विशेष अपरेशनअन्तर्गत बाढी प्रभावित

नेपाल कुनै पनि बाह्य शक्तिको भूराजनीतिक खेलमैदान बन्नु हुँदैन : झलनाथ खनाल

काठमाडौं- पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल कुनै पनि बाह्य शक्ति राष्ट्रको भूराजनीतिक

पोखरा रंगशालामा सरसफाइ (तस्बिरहरू) 

पोखरा- पोखरा रंगशालामा शनिबार सरसफाइ तथा गोडमेल गरिएको छ। कास्की जिल्ला

बाढी प्रभावित क्षेत्रमा १६ मनोपरामर्शदाता परिचालन

भक्तपुर- बागमती प्रदेश सरकारले रसुवाको भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावित नागरिकका लागि