मौद्रिक नीतिलाई नै बजेटको रुपमा कार्यान्वयन गरे मुलुकको हित : पूर्व गभर्नर « Khabarhub

मौद्रिक नीतिलाई नै बजेटको रुपमा कार्यान्वयन गरे मुलुकको हित : पूर्व गभर्नर


३० श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. चिरञ्जीवी नेपालले अप्ठ्यारो बेलामा मौद्रिक नीति आएको र कोभिडले पारेको असरमा राहत प्याकेजको रुपमा आएको बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालले शनिबार काठमाडौँमा आयोजना गरेको साक्षात्कारमा उनले मौद्रिक नीतिले आम जनताको आत्मबल बलियो बनाएको पनि बताए । उनले कोरानाले अप्ठ्यारोमा परेको अवस्थामा त्यसलाई सम्बोधन गर्नेगरि मौद्रिक नीति आएको धारणा राखे ।

डा. नेपालले पुँजी वृद्धिको कारण जोखिम बहन गर्ने क्षमता वृद्धि भएको बताए । सरकारले आर्थिक वृद्धिलाई टेवा दिने र विभिन्न कार्यक्रम लिएर आउनुपर्ने उनको भनाइ छ । उनले देशको अर्थतन्त्र सुधार गर्नको लागि खोपको व्यवस्था सुलभ हुनुपर्ने जिकिर बताए ।

साक्षात्कारमा पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले मौद्रिक नीतिको आधार नै बजेट भएकोले अब यसलाई सही तवरले कार्यान्वयन गरेर जाँदा नै मुलुक र जनताको लागि हितकर हुने धारणा राखे । मौद्रिक नीतिमा राहत र पूनःस्थापनाबारे कुरा गरिएपनि सोअनुरुप कार्यान्वयन पक्ष नहुनु राम्रो नभएको उनको भनाइ छ ।

यसपटकको मौद्रिक नीतिमा गत सालको तुलनामा केही जाँगर चलाएर आफूहरु अघि बढ्छौं भनेर आश्वासन दिइएको पनि क्षेत्रीको भनाइ छ । उनले मौद्रिक नीति कार्यान्वयनको पक्ष जटिल हुने भएकोले कार्यान्वयनमा नै ध्यान दिनुपर्ने सुझाव दिए ।

प्रकाशित मिति : ३० श्रावण २०७८, शनिबार  ७ : ४५ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले