कोभिड खोपः कुन देशका बालबालिकालाई कस्तो खोप ? « Khabarhub

कोभिड खोपः कुन देशका बालबालिकालाई कस्तो खोप ?


२९ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- १८ वर्षमाथिका आफ्ना अधिकांश नागरिकलाई खोप लगाएका  विभिन्न देशले बालबालिकालाइ पनि खोप अभियान शुरू गरिसकेका छन् ।

अमेरिकामा ६ महिनादेखि नै बालबालिकामा खोप लगाउन थालिएको थियो भने वेलायतले अब सुरु गर्दैछ ।

प्रमुख स्वास्थ्य अधिकारीहरूको सल्लाहपछि बेलायतका १२ देखि १५ वर्षका बालबालिकाले फाइजरको एक डोज लगाउने भएका हुन् । खोप विकासमा नयाँ फड्को मारेको चीनले तीन वर्षदेखि १८ वर्ष समूहका व्यक्तिलाई लक्षित गरी  खोप तयार गरेको छ ।

के हुँदैछ युरोपमा ?

युरोपको मेडिकल निकाय इएमएले यही मेमा १२ देखि १५ वर्षका बालबालिकालाई फाइजरको खोप अनुमति दिएपछि युरोपेली देशका बालबालिकामा खोप अभियान जारी छ ।

डेनमार्क र स्पेनका अधिकांश बालबालिकाले खोप लगाइसकेका छन् ।  फ्रान्समा १२ देखि १७ वर्ष उमेर समूहका ६६ प्रतिशतले पहिलो डोज लगाएका छन् भने ५२ प्रतिशतले पूर्णखोप लगाएका छन् । अक्टोबरसम्म १२ देखि १८ वर्षसम्मका सबैलाई खोप लगाउने सरकारको लक्ष्य छ ।

जर्मनीका स्वास्थ्य विज्ञले जुनमा १२ देखि १५ वर्षका बालबालिकालाई खोप लगाउन सुझाएका थिए । स्वीडेन र नर्वेमा पनि बालबालिकामा खोप अभियान सुरु गरिएको छ ।

मेमा अमेरिका र क्यानडाले १२ वर्षमाथिका बालबालिकालाई फाइजर दिन सकिने जनाएको थियो । अमेरिकामा कतिपय बालबालिकालाई पहिलो डोज फाइजर र दोस्रो डोज मोडेर्ना दिईएको छ । डेल्टा भेरिअन्ट फैलिएसँगै अमेरिकाले खोप अभियान तीब्र पारेको छ ।

चीनमा तीन वर्षमाथिकाले लगाउन सक्ने

चीनले तीनदेखि १७ वर्षका बालबालिकालाई सिनोभ्याक लगाउन अनुमति दिएको छ ।

चीनमा कोभिड खोप अनिवार्य बनाइएको छ । पूर्ण खोप लगाएका व्यक्तिका सन्तान मात्र विद्यालय जान पाउँछन् । चिली सरकारले ६ देखि १७ वर्षका बालबालिकालाइ खोप लगाउन अनुमति दिएको छ । तर, खोप कार्यक्रम सुरु भएको छैन् ।

कोरोनाबाट प्रभावित भारतमा यही अगस्टमा स्थानीय औषधि कम्पनीले तयार पारेको खोपले १२ वर्षमाथि किशोर किशोरीका लागि अनुमति पाएको छ ।

प्रकाशित मिति : २९ भाद्र २०७८, मंगलबार  ११ : १५ बजे

युगाण्डाको राष्ट्रपतिमा मुसेभेनी सातौँ कार्यकालका लागि निर्वाचित

कम्पाला – युगाण्डाका राष्ट्रपति योवेरी मुसेभेनी सातौँ कार्यकालका लागि अनुमोदित

मेला–महोत्सवले कलाकारलाई भ्याइनभ्याइ

गण्डकी – माघेसङ्क्रान्तिका दिन बागलुङको कुश्मीसेरामा साङ्गीतिक प्रस्तुति दिएकी गायिका

सुदूरपश्चिममा नेकपाका अधिकांश उम्मेदवारको टुङ्गो

सुदूरपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी फागुन २१ मा

कोशीका नौ निर्वाचन क्षेत्रमा यी हुन् नेकपाका उम्मेदवार

काठमाडौं- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीले सुदूरपश्चिमपछि कोशी

म्याग्दीका उत्कृष्ट २० कृषक पुरस्कृत

म्याग्दी – म्याग्दीका उत्कृष्ट २० कृषकलाई पुरस्कृत गरिएको छ ।