चीनमा पढेको डाक्टहरूको प्रदर्शन « Khabarhub

चीनमा पढेको डाक्टहरूको प्रदर्शन


२९ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चीनबाट एमबीबीएस उतीर्ण गरेकाहरुले नेपालमा इन्टर्नसिप गर्न पाउनुपर्ने माग गर्दै काठमाडौँमा बिरोध प्रदर्शन गरेका छन् ।

नेपाल मेडिकल काउन्सिलको इन्टर्नसिप नियम स्पष्ट नहुँदा आफूहरुले नेपालमा इन्टर्नसिप गर्न नपाएको भन्दै उनीहरुले मंगलबार काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् ।

आफूहरु नेपाल मेडिकल काउन्सिल र चिकित्सा शिक्षा आयोगबाट केही दिनमा इन्टर्नसिप सुरु हुने आश्वासन पटक पटक पाए पनि कार्यान्वयन नभएको उनीहरूको भनाइ छ । मापदण्ड पुरा गरेका १५५ विद्यार्थीले नेपालमा इन्टर्नसिप गर्न नपाउँदा भविष्य नै अन्योलमा परेको प्रदर्शनमा उत्रेका विद्यार्थीहरूले जनाएका छन् ।

मेडिकल काउन्सिलको इन्टर्नसिप नियमको बुँदा नम्बर ३ मा विद्यार्थीले आफू पढेको संस्था र नेपाल मेडिकल काउन्सिलको पूर्व स्वीकृति लिएर मात्र नेपाल भित्रका संस्थामा इन्टर्नसिप गर्न पाउने र यसप्रकारको इन्टर्नसिप नेपाल मेडिकल काउन्सिलको नियम भित्र रहेर गर्नुपर्ने व्यवस्था छ । उक्त व्यवस्था स्पष्ट नहुँदा आफुहरुलाई इन्टर्नसिप गर्न रोकिएको विद्यार्थीको गुनासो छ ।

प्रकाशित मिति : २९ भाद्र २०७८, मंगलबार  १ : ४७ बजे

यी हुन रास्वपाबाट समानुपातिक सूचीमा समावेश हुने उनेपाका १८ जना

काठमाडौं– रास्वपामा उज्यालो नेपाल पार्टीका १८ जनाको नाम समानुपातिकतर्फ प्रस्ताव

अहिलेसम्म ३१ दलले मात्रै बुझाए समानुपातिकको बन्दसूची

काठमाडौं- ३१ राजनीतिक दलले निर्वाचन आयोगमा आगामी फागुन २१ गते

पाँच वर्षमा ७१ गर्भवती तथा सुत्केरीको हवाई उद्धार

गण्डकी – गण्डकी प्रदेशमा आर्थिक वर्ष २०७७/०७८ देखि हालसम्म ७१

नेकपाले बन्दसूची बुझाउन किन गर्‍यो ढिलाइ ?

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीले समानुपातिकतर्फको बन्दसूची बुझाउन ढिलाइ गरेको छ

पर्यटकलाई दुःख दिने १२ जना पक्राउ

काठमाडौं – प्रहरीले पर्यटक तथा सर्वसाधारणलाई दुःख हैरानी दिने १२