१८ अंकले घट्यो शेयर बजार, ५ अर्बको कारोबार | Khabarhub Khabarhub

१८ अंकले घट्यो शेयर बजार, ५ अर्बको कारोबार


२९ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मंगलबार शेयर बजार नेप्से परिसूचक १८ दशमलव ५४ अंकले घटेर २,९२९ दशमलव २९ को विन्दुमा कायम भएको छ ।

मंगलबार ४९ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १३१ वटा कम्पनीको शेयर मुल्य घटेको छ । मंगलबार सबै उपसूचक घटेका छन् ।

यस दिन २२२ वटा कम्पनीको १ करोड ६ लाख ३९ हजार ८२६ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब १९ करोड ५२ लाख ९५ हजार रुपैयाँको शेयर कारोबार भएको छ । सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावर कम्पनीको कारोबार भएको छ । कम्पनीको २७ करोड ३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

सबैभन्दा धेरै मनकामना स्मार्ट लघुवित्तका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

सानिमा लाइफ इनस्योरेन्स कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । रैराङ हाइड्रोपावर कम्पनीका लागनीकर्ताले ५ दशमलव ०४ प्रतिशतका दरले कमाएका छन् ।

त्यस्तै, सबैभन्दा धेरै राष्ट्रिय बीमा कम्पनीका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ५ दशमलव ५६ प्रतिशतका दरले गुमाएका छन् । सिटिजन म्युचुअल फण्ड दुईका इकाईधनीले ३ दशमलव ७७ प्रतिशतका दरले गुमाएका छन् ।

प्रकाशित मिति : २९ भाद्र २०७८, मंगलबार  ६ : ०५ बजे

चन्द्रमाको टाढाको भागबाट नमूना सङ्कलन गर्न चीनद्वारा पहिलो अनुसन्धान सुरु

वेनचाङ – चीनले शुक्रबार चन्द्रमाको टाढाबाट नमूना सङ्कलन गर्नका लागि

आगलागी प्रभावित गाउँपालिकालाई कामपाको आर्थिक सहयोग

काठमाडौं –काठमाडौँ महानगरपालिकाले आगलागी प्रभावित दुई गाउँपालिकालाई आर्थिक सहयोग गर्ने

अछाममा बँदेलको आक्रमणबाट एक जना घाइते

अछाम – अछाममा एक जना बँदेलको आक्रमणबाट घाइते भएका छन्।

विदेशबाट फर्किएका महिलाहरुलाई नौमती बाजा बजाउने तालिम

मोरङ – मोरङमा विदेशबाट फर्किएका महिलाहरुलाई नौमती बाजा बजाउने तालिम

केन्यामा बाढीका कारण दुई सयभन्दा धेरैको मृत्यु

नैरोबी –तान्जानियाका समुद्री तटतर्फ चक्रवात अगाडि बढेसँगै मार्चपछि केन्यामा बाढीसम्बन्धी