नेपाली फुटबल टोलीलाई राष्ट्रपति भण्डारीको बधाई « Khabarhub

नेपाली फुटबल टोलीलाई राष्ट्रपति भण्डारीको बधाई


२८ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले साफ फुटबल प्रतियोगिताको फाइनलमा पुगेर राष्ट्रिय गौरव हासिल गर्न सफल भएकामा नेपाली फुटबल टोलीलाई बधाई दिएकी छन् ।

उनले साफ फुटबल प्रतियोगिताको इतिहासमा प्रथमपटक फाइनलमा पुगेर राष्ट्रिय गौरव हासिल गर्न सफल भएकामा नेपाली फुटबल टोलीका सम्पूर्ण खेलाडी‚ प्रशिक्षक तथा पदाधिकारीलाई सामाजिक सञ्जाल ‘ट्विट’ मार्फत आज बधाई दिएकी हुन् । राष्ट्रपति भण्डारीले खेलको फाइनल प्रतिस्पर्धामा समेत सफलताका लागि अग्रिम शुभकामना दिएकी छन् ।

बुधबार भएको खेलमा बङ्गलादेशलाई बराबरीमा रोक्दै नेपाल पहिलोपटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको हो । अब फाइनलमा नेपाल र भारतबीच प्रतिस्पर्धा हुनेछ । बुधबार नै भारतले मालदिभ्सलाई ३–१ ले पराजित गर्दै नेपालसँगको उपाधि भिडन्त पक्का गरेको थियो ।

प्रकाशित मिति : २८ आश्विन २०७८, बिहीबार  ३ : ४५ बजे

अध्यक्ष ओली पक्राउ परेपछि एमालेको आकस्मिक सचिवालय बैठक आह्वान

काठमाडौँ– नेकपा एमालेले आकस्मिक सचिवालय बैठक बोलाएको छ । पार्टी

ओली-लेखक पक्राउबारे नीलाम्बर आचार्य भन्छन् : प्रतिशोध र धरपकडले भलो गर्दैन

काठमाडौं– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ

ओली–लेखक पक्राउबारे संविधानविद् आचार्य भन्छन्– प्रतिशोध र धरपकडले भलो गर्दैन

काठमाडौँ– संविधानविद् एवं भारतका लागि पूर्वराजदूत निलाम्बर आचार्यले प्रतिशोध र

ओली-लेखक पक्राउबारे कमल थापा : सरकार निषेध, प्रतिशोध र पूर्वाग्रहको बाटोमा लाग्यो

काठमाडौं– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ

हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल