दक्षिण कोरियाबाट फर्केर माछा पालन « Khabarhub

दक्षिण कोरियाबाट फर्केर माछा पालन


२८ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ– बागलुङको काठेखोला गाउँपालिका–८ लेखानीका लक्ष्मण पुनले जीवनको १४ वर्ष विदेशी भूमि दक्षिण कोरियामा बिताए । कामदारको रूपमा कोरिया पुगेका पुनलाई कडा मेहनत र परिश्रम के हो भन्ने शिक्षा कोरिया बसाइले सिकायो । मेसिनको गतिमा हुने काम, काम प्रतिको लगाव, मेहनत र श्रम प्रतिको सम्मानबारे गतिलो भोगाई र सिकाइ भयो ।

१४ वर्ष कोरियामा श्रम गरेर फर्किएका पुनले नेपाल फर्केर माछा पाल्न थालेका छन् । बागलुङ नगरपालिका–४ निरयघाटमा १४ रोपनी जग्गा भाडामा लिएर माछा तथा कृषि फर्म सञ्चालन गरेका हुन । ६० वर्षीय पुनको दिनचार्य कृषिफर्ममा बित्ने गरेको छ ।

करिब ४५ लाख रुपैयाँ लगानी गरेर फर्म सञ्चालन गरेको पुनले जानकारी दिए । फर्म सञ्चालनको सुरुवात समुहगत रूपमा भए पनि अहिले एक्लै गरेका छन् । विगत चार वर्षदेखि फर्म सञ्चालनमा छ ।

तीनवटा माछा पोखरीमा ग्रास, कमन कार्व, सिल्भर कार्व गरी पाँच किसिमका माछा पालेका छन् । निषेधाज्ञाको समयमा ५० हजार भुरा माछा पोखरीमा हालेको पुनले बताए । ‘माछा उत्पादन राम्रो थियो’, उनले भने, ‘बजार उकालो लाग्ने बेला कोरोनाले असर गर्‍यो ।’

परिवारका अन्य सदस्यलाई आफ्नै देशमा उद्यमी बन्न प्रेरणा दिने लक्ष्यका साथ कृषी कर्मका लागेको पुनले बताए । मासिक ५० हजारको माछा बिक्री हुन्छ ।

‘विदेशको दुःख जे भोग्नु मैले भोगे’, उनले भने, ‘अब कामको लागी कुनै पनि सदस्य विदेश जानु नपरोस् भन्ने उद्देश्य छ ।’ पुनले स्थानीय जातको कुखुरा, बट्टाई चरा, हाँससमेत व्यावसायिक रूपमा पालेका छन् । कालीगण्डकी किनारमा रहेको कृषि फर्ममा आफ्नो उत्पादनको बजारीकरण गर्न रिसोर्ट सञ्चालनको तयारी गरेको उनले बताए । माछा पारखीहरू फर्ममै किन्न जाने गर्छन् । न्यूज कारखाना

प्रकाशित मिति : २८ आश्विन २०७८, बिहीबार  ८ : ४५ बजे

आज अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस

काठमाडौँ– मानव सभ्यतामा अन्तरिक्ष युगको सुरुवातको स्मरण गर्दै आज अन्तर्राष्ट्रिय

केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गृहमन्त्री गुरुङ मध्यरातमा भरतपुरमा : प्रहरी शिक्षालयको निरीक्षण

चितवन – गृहमन्त्री सुधन गुरुङ मध्यरातमा चितवनको भरतपुर पुगेका छन्।

इरान-अमेरिका शान्ति वार्ता लम्बियो : १५ घण्टाभन्दा बढी समयदेखि निरन्तर छलफल

इस्लामावाद – मध्यपूर्वमा जारी तनाव अन्त्य गर्ने उद्देश्यका साथ पाकिस्तानको

सञ्जु सामसनको सानदार शतकसँगै आईपीएलमा चेन्नईको पहिलो जित

काठमाडौँ- चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा पहिलो