कांग्रेस केन्द्रीय समिति बैठक आज, महाधिवेशनको परिमार्जित कार्यतालिका अनुमोदन हुने « Khabarhub

कांग्रेस केन्द्रीय समिति बैठक आज, महाधिवेशनको परिमार्जित कार्यतालिका अनुमोदन हुने


२८ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज आइतबार बस्दैछ ।

पार्टी केन्द्रीय कार्यालय वीपी स्मृति भवनमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकले पार्टीको आसन्न १४औँ महाधिवेशनको कार्यतालिका अनुमोदन गर्नेछ । शनिबारको पदाधिकारी बैठकले कार्यतालिका तय गरेको थियो । कांग्रेसको महाधिवेशन २४ देखि २६ मंसिरका लागि काठमाडौंमा तय भइसकेको छ ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यको सहभागिता रहनेछ ।

आजको बैठकमा भ्रातृ संस्थाबाट हुने प्रतिनिधित्व र विदेशस्थित जनसम्पर्क समितिका प्रतिनिधित्वलगायत विषयमा पनि छलफल हुने नेताहरूले बताएका छन् ।

प्रकाशित मिति : २८ कार्तिक २०७८, आइतबार  ७ : २० बजे

इरानको तनावबीच पश्चिम एसियामा दोस्रो जहाज तैनाथ गर्दै अमेरिका

एजेन्सी– संयुक्त राज्य अमेरिकाले दोस्रो विमान वाहक, यूएसएस जेराल्ड आर

फागुन ४ देखि काठमाडौंमा राष्ट्रिय महिला तथा पुरुष हक्की प्रतियोगिता हुने

काठमाडौं– नेपाल हक्की संघले यही फागुन ४ गतदेखि काठमाडौंमा राष्ट्रिय

नवनियुक्त चिनियाँ राजदूत कार्यभार सम्हाल्न आइपुगे

काठमाडौं- नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङ कार्यभार सम्हाल्न

प्रतिनिधिसभा निर्वाचन निष्पक्ष र धाँधलीरहित वातावरणमा सम्पन्न गर्न माग

काठमाडौं– राष्ट्रियसभा सांसदहरुले यही फागुन २१ गतेका लागि तय भएको

समाजवादको नयाँ यात्रा सुरु गर्ने अध्यक्ष दाहालको संकल्प

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल  ‘प्रचण्ड’ ले ३१औँ