फाइजर खोप अभियान सुरु, पहिलो चरणमा १२ देखि १७ वर्षसम्मका दीर्घरोगीलाई « Khabarhub

फाइजर खोप अभियान सुरु, पहिलो चरणमा १२ देखि १७ वर्षसम्मका दीर्घरोगीलाई


२८ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सरकारले आज (आइतबार) देखि फाइजर बायोएनटेक खोप अभियान सुरु गर्दै छ।

कोरोना भाइरसविरुद्धको यो खोप १२ देखि १७ वर्ष उमेर समूहका दीर्घरोगबाट पीडित किशोर-किशोरीलाई लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो खोप १२ वर्षभन्दा माथिको जनसङ्ख्यालाई मात्र दिन मिल्ने भएकाले त्यही उमेर समूहलाई मात्र लगाउन लागिएको वरिष्ठ जनस्वास्थ्य प्रशासक सागर दाहालले जानकारी दिए। त्यसमा आठ प्रकारका दीर्घ रोगका बिरामीहरूलाई प्राथमिकतामा राखिएको छ ।

यो खोप मुटुको बिरामी भइ अप्रेशन गरेका वा औषधि प्रयोग गरिरहेका, मिर्गौलाको समस्या भएका, मिर्गौला फेरेका, डायलासिस गराइरहेका, औषधि सेवन गरिरहेका, जुनसुकै प्रकारको क्यानसरको पहिचान भइ उपचारमा रहेका, फोक्सोको बिरामी भएर औषधि सेवन गरिरहेका, अङ्ग प्रत्यारोपण गरेका, उच्च रक्तचाप वा मधुमेह भइ चिकित्सकको निगरानीमा उपचार गराइरहेका, रोग प्रतिरोधात्मक क्षमता कम भएका र मस्तिष्क वा मस्तिष्कका रक्तनलीसम्बन्धी रोग भएका दीर्घरोगीहरूलाई लगाउने तयारी छ।

यो खोपको पहिलो मात्रा आजदेखि मंसिर ४ गतेसम्म लगाइनेछ। देशभरका २४ अस्पतालमा गएर यो खोप लिन सकिने स्वास्थ्य मन्त्रालयले जनाएको छ। यो खोप दीर्घ रोग भएका तथा उपचार गराइरहेको पुर्जा, उमेर खुल्ने प्रमाणपत्र देखाएपछि लगाउन पाइनेछ।

खोप लगाउन पाइने अस्पताल यी हुन्

बाँकीलाई ५ देखि ७ मंसिरसम्म खोप लगाउन यो खोप दिइने छ। पहिलो मात्रा लगाएको २१ देखि २८ दिनभित्र दोस्रो मात्रा लगाउनुपर्नेछ ।

प्रकाशित मिति : २८ कार्तिक २०७८, आइतबार  ८ : ४० बजे

ओलीको उद्घोष : पार्टीलाई एकताबद्ध गरेर निर्णायक राष्ट्रिय शक्ति बनाउँछु

काठमाडौं- नेकपा एमालेका तेस्रो कार्यकाल अध्यक्ष भएका केपी शर्मा ओली

चलचित्र ‘कुमारी’को ‘तिमी बिना’ सार्वजनिक

काठमाडौं – माघ २३ लाई प्रदर्शन मिति तोकिएको फिल्म ‘कुमारी’को

वीरेन्द्रनगरकी मेयर ढकाल दोस्रोपटक केन्द्रीय सदस्य निर्वाचित

काठमाडौं- नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनबाट कर्णाली प्रदेशको राजधानी

रवि छुट्ने भएपछि नख्खु कारागारमा कार्यकर्ताको भीड (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अदालतले रिहा गर्ने

शपथलगत्तै एमालेले बोलायो पहिलो केन्द्रीय कमिटी बैठक

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक