निवासबाटै १० इजलास गठन गरेर सर्वोच्च छिरे प्रधानन्यायाधीश « Khabarhub

निवासबाटै १० इजलास गठन गरेर सर्वोच्च छिरे प्रधानन्यायाधीश


२८ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा आज पनि वैकल्पिक गेटबाट अदालत प्रवेश गरेका छन् ।

नेपाल बार एसोसिएशनको धर्ना छलेर अदालतको अर्को गेटबाट उनी प्रवेश गरेका हुन् ।

केहिबेरअघि उनले बालुवाटारस्थित प्रधानन्यायाधीश निवासबाटै आफूबाहेकका १० वटा इजलास गठन गरेका छन्।

बारले सर्वोच्च प्रवेश गर्न नदिने भन्दै मुल गेटमा धर्ना दिएपछि जबराले इजलास गठन गरेर मुद्दाको पेसी तोकेका हुन् ।

उनले एउटा एकल र नौवटा संयुक्त इजलासका लागि २७२ मुद्दाको पेसी तोकेका छन् । नेपाल बार एसोसिएसनको धर्नाका बीच पनि जबराले पेशी तोक्न छोडेका छैनन् ।

असन्तुष्ट अधिक‌ांश न्यायाधीशहरूले बारले बहस बहिष्कार जारी राखेसम्म इजलासमा नबस्ने बताउँदै आएका छन् ।

अदालत परिसरमा आज पनि नेपाल प्रहरी र सशस्त्र प्रहरी दुबैतिरबाट ठूलो संख्यामा सुरक्षाकर्मी परिचालित छन् ।

जबरालाई अदालत प्रवेश गर्नबाट रोक्न भन्दै कानून व्यवसायीहरु बिहान १० बजे अघिदेखि नै सर्वोच्चमा जम्मा हुन थालेका थिए ।

प्रकाशित मिति : २८ कार्तिक २०७८, आइतबार  १० : ५० बजे

तेहरानसहित इरानका विभिन्न शहरमा उग्र प्रदर्शन

तेहरान– इरानको राजधानी तेहरानसहित देशका विभिन्न शहरमा ठूलो सङ्ख्यामा प्रदर्शनकारी

श्रमदान गरेर चौतारी पुनर्निर्माण गरिँदै

पर्वत– पछिल्लो समय सडक विस्तार, बाँदर आतंक, धार्मिक आस्थामा कमीलगायतका

देवघाटमा झोलुङ्गे पुल मर्मत

नारायणगढ– माघे सङ्क्रान्ति मेलालाई मध्यनजर गर्दै पवित्र तीर्थस्थल देवघाटधाममा पुल

अमेरिकाको ‘पीस प्लान’ले रुस–युक्रेनमा हलचल

काठमाडौं– युक्रेन–रुस युद्ध रोक्न अमेरिकाले अघि सारेको प्रस्तावित ‘पीस प्लान’लाई

प्रतिनिधिसभा निर्वाचन : झापामा सात हजार सुरक्षाकर्मी परिचालन गरिने

झापा– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि जिल्लामा