उच्च अदालत जनकपुरमा कानून व्यवासायीहरूको धर्ना « Khabarhub

उच्च अदालत जनकपुरमा कानून व्यवासायीहरूको धर्ना


२८ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै उच्च अदालत जनकपुरको मुल गेटमा नेपाल बार एसोसिएसन जनकपुरका पदधिकारीहरूले धार्ना दिएका छन् ।

नेपाल बार एसोसिएसन जनकपुरका अध्यक्ष अधिवक्ता किशोरी साहको नेतृत्व कानून व्यवसायीहरूले आइतबार बिहान ११ बजेदेखि धर्नामा बसेका हुन् ।

‘न्यायपालिकामा शुद्धीकरणको लागि धर्ना कार्यक्रम’ लेखिएको ब्यानरसहित कानून व्यवसायीहरू उच्च अदालतको मुल गेटमै धर्ना दिएपछि उच्च अदालतको कामकारबाही समेत प्रभावित भएको छ ।

नेपाल बार एसोसिएसनले आइतबारबाट आन्दोलनलाई देशव्यापी बनाउँदै जाने निर्णयअनुसार आफूहरूले पनि धर्ना दिएको अभिवक्ता राजकुमार महासेठले बताए । विवादमा मुछिएका प्रधानन्यायाधीश जबराले राजीनामा दिन आलटाल गरेपछि बारले आन्दोलन थालेको हो ।

बारले १४ कात्तिकदेखि प्रधानन्यायाधीशको राजीनामा माग्दै आन्दोलन गरिरहेको छ। प्रधानन्यायाधीश जबरामाथि विवादास्पद फैसला गरेको, संवैधानिक नियुक्ति र कार्यपालिकामा हिस्सा खोजेको, न्यायालयभित्र भ्रष्टाचारलाई प्रश्रय दिएको तथा बिचौलियासँग साँठगाँठ गरेको लगायतका गम्भीर आरोप बार लगाउँदै आएको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७८, आइतबार  १२ : ३७ बजे

तेहरानसहित इरानका विभिन्न शहरमा उग्र प्रदर्शन

तेहरान– इरानको राजधानी तेहरानसहित देशका विभिन्न शहरमा ठूलो सङ्ख्यामा प्रदर्शनकारी

श्रमदान गरेर चौतारी पुनर्निर्माण गरिँदै

पर्वत– पछिल्लो समय सडक विस्तार, बाँदर आतंक, धार्मिक आस्थामा कमीलगायतका

देवघाटमा झोलुङ्गे पुल मर्मत

नारायणगढ– माघे सङ्क्रान्ति मेलालाई मध्यनजर गर्दै पवित्र तीर्थस्थल देवघाटधाममा पुल

अमेरिकाको ‘पीस प्लान’ले रुस–युक्रेनमा हलचल

काठमाडौं– युक्रेन–रुस युद्ध रोक्न अमेरिकाले अघि सारेको प्रस्तावित ‘पीस प्लान’लाई

प्रतिनिधिसभा निर्वाचन : झापामा सात हजार सुरक्षाकर्मी परिचालन गरिने

झापा– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि जिल्लामा