कोप २६: जलवायु परिवर्तनको जोखिम न्यून गर्ने नयाँ सहमति « Khabarhub

कोप २६: जलवायु परिवर्तनको जोखिम न्यून गर्ने नयाँ सहमति


२८ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जलवायु परिवर्तनको जोखिम रोक्ने विषयमा विभिन्न देशका नेताहरूबीच नयाँ सहमति भएको छ ।

स्कटल्यान्डको ग्लास्गो शहरमा जारी जलवायु परिवर्तनसम्बन्धी सम्मेलन कोप २६ मा नयाँ सहमति भएको हो ।

हरितगृह ग्यास उत्सर्जनको प्रमुख कारक मानिने कोइलाको प्रयोग गर्ने विषयमा सम्झौता भएको हो । कार्बन उत्सर्जनलाई अझै न्यून पार्ने र विकासन्मुख देशमा जलवायुको प्रभाव कम गर्न सहयोग गर्ने पनि सम्झौतामा उल्लेख छ ।

तर, यो सहमति पृथ्वीको तापक्रम १ दशमलब ५ डिग्री सेल्सियमा सीमित पार्न भने पर्याप्त नभएको विज्ञहरू बताउँछन् ।

यसअघि तयार पारिएको मस्यौदामा कोइलालाई चरणबद्ध रूपमा विस्थापित गर्ने उल्लेख थियो । तर, भारत र चीनसहित केही देशको विरोधका कारण त्यसलाई सम्झौताबाट हटाइएको थियो ।

भारतका जलवायु मन्त्री भूपेन्द्र यादवले विकासन्मुख देशहरूले ‘विकास र गरिबी निवारणका मुद्दा’ चलिरहेका बेला कोइला विस्थापित गर्न नसक्ने बताएका थिए ।

विभिन्न देशका प्रतिनिधिहरूले असन्तुष्ट जनाएपछि कोइलालाई विस्थापित गर्नेभन्दा पनि त्यसलाई चरणबद्ध न्यून गर्ने सहमति भएको थियो ।

बेलायतका प्रधानमन्त्री बोरिस जोनसोनले विश्वले ग्लास्गोको कोप २६ लाई ‘जलवायु परिवर्तनको अन्त्यको सुरुवात’ को रुपमा हेर्ने आशा व्यक्त गरेका छन् ।

जलवायु परिवर्तनसम्बन्धी अमेरिकी प्रतिनिधि जोन केरीले ग्लास्गो सम्मेलनबाटै जलवायुसम्बन्धी सम्पूर्ण संकट अन्त्य नहुने बताएका छन् ।

यसैबीच, राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेसले ‘पृथ्वी कमजोर धागोमा झुन्डिएको’ भन्दै ‘हामीले अझै पनि जलवायु बिपद्को ढोका खोलिरहेको’ टिप्पणी गरेका छन् ।

प्रकाशित मिति : २८ कार्तिक २०७८, आइतबार  १२ : ५६ बजे

यस्ता छन् मन्त्रिपरिषद् बैठकका छ निर्णय

काठमाडौं– सरकारले राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय

नेपालको कुल स्वास्थ्य खर्चको सबैभन्दा ठूलो हिस्सा नसर्ने रोगमा : स्वास्थ्यमन्त्री 

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा गौतमले नेपालको कुल

सुदूरपश्चिममा ‘निर्वाचन प्रहरी’मा चार हजारभन्दा बढीको आवेदन

महेन्द्रनगर– पछिल्लो तीन दिनमा सुदूरपश्चिम प्रदेशमा निर्वाचन प्रहरीमा भर्ना हुनका

मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध

मुस्ताङ– यहाँका पाँच वटै स्थानीय तहमा शनिबार साँझदेखि नियमित विद्युत्

बैतडीमा जिप दुर्घटना : मृतकको सङ्ख्या चार पुग्यो

बैतडी– जयपृथ्वी राजमार्ग अन्तर्गत बैतडीको पाटन  नगरपालिका–८ साडीघाटीमा जिप दुर्घटना