सानेपाको धर्नाले कांग्रेस केन्द्रीय समिति बैठक बुढानिलकण्ठमा सरेको दाबी « Khabarhub

सानेपाको धर्नाले कांग्रेस केन्द्रीय समिति बैठक बुढानिलकण्ठमा सरेको दाबी


२८ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– महाधिवेशन प्रतिनिधि चयन निष्पक्ष नभएको भन्दै रौतहटका स्थानीय नेता कार्यकर्ताले ११५ दिनदेखि जारी राखेको धर्नाका कारण कांग्रेस केन्द्रीय समिति बैठक बुढानिलकण्ठमा हुने भएको छ ।

पार्टी महाधिवेशनका लागि विभिन्न उपसमिति गठन गर्नका लागि प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले बैठक बुढानिलकण्ठमा बोलाएपछि आइतबारको केन्द्रीय समिति बैठक बुढानिलकण्ठमा हुने भएको हो ।

आइतबारको केन्द्रीय समिति बैठकले १४औँ महाधिवेशन मूल तयारी समिति महाधिवेशन व्यवस्थापन समिति र पार्टीको नीति तथा कार्यक्रमको प्रस्ताव समिति गठन गर्ने केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार प्रचारप्रसार समिति, पार्टी विधान संशोधन समिति, विदेशी पाहुना स्वागत तथा व्यवस्थापन समिति, भोजन आवास व्यवस्थापन समिति, अर्थ संकलन समिति र स्वयंसेवक व्यवस्थापन समितिलगायतका समिति र उपसमितिहरू गठन गरिने एजेण्डा तय भएको छ ।

सुरूमा सानेपा भनेर बैठक आह्वान गरेको भए पनि अन्तिम समयमा बुढानिलकण्ठस्थित देउवा निवासमा बैठक बोलाइएको पौडेलले जानकारी दिएका छन । बैठकमा सहभागी हुन नेताहरू जाने क्रम सुरु भएको छ ।

सानेपामा रौतहटका कांग्रेस नेताहरू रामश्रीष साह, देवचन्द्र मिश्र, उदय यादव, भोगेन्द्र झा, वीरेन्द्र राय यादव, नमोनाथ यादव, रामविश्वास साहलगायतका नेताहरू ११५ दिनदेखि धर्नामा छन् ।

‘हाम्रो धर्नाले पनि हुन सक्छ, यहाँ हुने भनिएको केन्द्रीय समिति बैठक अचानक बुढानिलकण्ठमा सारिएको छ । तर, नेताहरूले हाम्रो माग सम्बोधन गरेका छैनन्, हामी यहाँ धर्नामा बस्छौँ’, रामश्रीष साहले भने ।

प्रकाशित मिति : २८ कार्तिक २०७८, आइतबार  १ : ४७ बजे

मकवानपुरमा निर्वाचन तयारी तीव्र, पुराना मतपेटिका मर्मतदेखि सुरक्षा व्यवस्थासम्म

हेटौंडा–  मकवानपुरमा फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्ष्य

काठमाडौं–२ : नयाँ र पुराना अनुहार, ‘एजेन्डा’ समान

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै काठमाडौँ निर्वाचन क्षेत्र नम्बर

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन दिएर ८० लाख ठगेको अभियोगमा

बंगलादेशमा अवामी लिग प्रतिबन्धित हुँदा बीएनपी ठूलो जिततर्फ

काठमाडौं– बंगलादेशको राष्ट्रिय चुनाव २०२६ मा राष्ट्रियतावादी पार्टी (बीएनपी) ठूलो

बंगलादेशमा बीएनपी अध्यक्ष रहमान दुवै क्षेत्रबाट विजयी 

ढाका– बंगलादेशको १३औं राष्ट्रिय संसदीय निर्वाचनमा बीएनपीका अध्यक्ष तारिक रहमान