प्रस्तावित तीन राजदूतविरुद्ध उजुरी परेन « Khabarhub

प्रस्तावित तीन राजदूतविरुद्ध उजुरी परेन


२८ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संघीय संसद्को संसदीय सुनुवाइ समितिले प्रस्तावित तीन राजदूतविरुद्ध व्यक्तिगत उजुरी नपरेको जनाएको छ ।

भारत, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतको संसदीय सुनुवाइ प्रक्रिया सुरु गर्दै समितिले उजुरी आह्वान गरे पनि नपरेको हो ।

दुई हप्ताअघि १६ कात्तिकमा भारतका लागि प्रस्तावित राजदूत शंकर शर्मा, अमेरिकाका लागि प्रस्तावित राजदूत श्रीधर खत्री र बेलायतका लागि प्रस्तावित राजदूत ज्ञानचन्द्र आचार्यको समितिले संसदीय सुनुवाइ प्रक्रिया अगाडि बढाएको थियो ।

उनीहरूविरुद्ध उजुरी दिन समितिले दिएको १० दिनको समयमा व्यक्तिगत उजुरी नपरेको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।

‘प्रस्तावित राजदूतहरूविरुद्ध व्यक्तिगत उजुरी परेन । एउटा समावेशी प्रतिनिधित्व भएन भन्दै उजुरी परेको छ’, सभापति कर्णले भने ।

उनका अनुसार अब २ मंसिरपछि उनीहरूको सुनुवाइ हुनेछ । गत ११ कात्तिकमा बसेको मन्त्रिपरिषद् बैठकले तीनजनालाई राजदूत नियुक्तिका लागि सिफारिस गरेको थियो ।

संसदीय सुनुवाइबाट नाम अनुमोदन भएमा नियुक्ति प्रक्रियाअघि बढ्ने संवैधानिक व्यवस्था छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७८, आइतबार  २ : ४३ बजे

मकवानपुरमा निर्वाचन तयारी तीव्र, पुराना मतपेटिका मर्मतदेखि सुरक्षा व्यवस्थासम्म

हेटौंडा–  मकवानपुरमा फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्ष्य

काठमाडौं–२ : नयाँ र पुराना अनुहार, ‘एजेन्डा’ समान

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै काठमाडौँ निर्वाचन क्षेत्र नम्बर

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन दिएर ८० लाख ठगेको अभियोगमा

बंगलादेशमा अवामी लिग प्रतिबन्धित हुँदा बीएनपी ठूलो जिततर्फ

काठमाडौं– बंगलादेशको राष्ट्रिय चुनाव २०२६ मा राष्ट्रियतावादी पार्टी (बीएनपी) ठूलो

बंगलादेशमा बीएनपी अध्यक्ष रहमान दुवै क्षेत्रबाट विजयी 

ढाका– बंगलादेशको १३औं राष्ट्रिय संसदीय निर्वाचनमा बीएनपीका अध्यक्ष तारिक रहमान