मुस्ताङ हिम पहिरोमा ११ जना घाइते (भिडियो) « Khabarhub

मुस्ताङ हिम पहिरोमा ११ जना घाइते (भिडियो)


२८ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मुस्ताङको थासाङ गाउँपालिकामा आइतबार बिहान गएको हिम पहिरोका कारण घाइते हुनेको संख्या ११ पुगेको छ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपनिरीक्षक रामकुमार दानीले हिम पहिरो देखेपछि भएको भागदौडमा ११ जना घााइते भएको खबरहबलाई जानकारी दिए । उनका अनुसार आइतबार बिहान धौलागिरि हिमशृङखलाबाट सुरु भएको ठूलो हिम पहिरो थासाङ गाउँपालिका—२ कोवाङसम्म आइपुगेको छ।

​कोवाङस्थित जनआदर्श अमरसिंह माविका शिक्षक र विद्यार्थी गरेर ११ जना सामान्य घाइते भएका छन्। भाग्ने क्रममा ९ जना छात्रा, एक जना महिला शिक्षक र एक जना छात्रलाई सामान्य चोट लागेको उनले बताए । उनले एक घरको छाना पनि हावाले उडाएको पुष्टि भएको बताए । उनले केही चौँरी हराएको हुन सक्ने बताए । तर क्षतिको विस्तृत विवरण प्राप्त भइसकेको छैन ।

प्रहरीका अनुसार करिब ५ किलोमिटर माथिबाट आएको पहिरो नाउरीकोट गाउँसम्म आइपुगेको थियो।

प्रकाशित मिति : २८ कार्तिक २०७८, आइतबार  ५ : ०१ बजे

कांग्रेस विशेष महाधिवेशन बन्दसत्रको अध्यक्षता ज्येष्ठ सदस्य श्यामकुमारले गर्ने

काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत आज बन्दसत्र सुरु

बैतडीमा जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु

बैतडी– बैतडीको जयपृथ्वी राजमार्ग अन्तर्गत पाटन नगरपालिका–८ साँडीघाँटीमा जीप दुर्घटना

सेनाको एनसिसी : नवयुवालाई संस्कार र संस्कृति सिकाउँदै

काठमाडौं– बढ्दो भौतिकवाद, व्यक्तिवाद र विदेश मोहको हालको परिस्थिति र

कांग्रेस विशेष महाधिवेशनमा बन्दसत्रको तयारी (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत आज बन्दसत्र हुँदैछ

सुनचाँदीको मूल्य कीर्तिमानी उचाइमा, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ ।