नेप्से झिनो अङ्कले घट्यो « Khabarhub

नेप्से झिनो अङ्कले घट्यो


२८ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । शेयर कारोबार हुने साताको पहिलो दिन नेप्से परिसूचक १.३८ अङ्कले घटेर दुई हजार ६८८.९२ मा ओर्लेको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.२५ ले उकालो लागेर ५०२.४४ मा पुगेको छ । कारोबार भएका १३ उपसमूहमध्ये छ उपसमूहको शेयर ओरालो लागेको छ भने सात उपसमूहको शेयर मूल्य उकालो लागेको छ । बैंकिङ ७.४३, व्यापार १६.२९, जलविद्युत् २.९८, जीवन बीमा ६८.१७, सामूहिक लगानी ०.०७, लगानी ३.१९ अङ्कले ओरालो लागेको छ ।

नेप्सेका अनुसार कारोबारका आधारमा महालक्ष्मी विकास बैंक शीर्षस्थानमा रहेको छ । सो बैंकको रु २७ करोड ३९ लाख ९३ हजार ९३ बराबरको कारोबार भयो । आइसिएफसी फाइनान्स रु २४ करोड २८ लाख ७२ हजार ६९०, नबिल बैंक रु १६ करोड ६७ लाख ६५ हजार ३६८, लुम्बिनी विकास बैंक रु १६ करोड २३ लाख ८६ हजार ८२२, र साहस ऊर्जा रु १३ करोड ४४ लाख २३ हजार ७३२ बराबरको कारोबार भई शीर्ष पाँच स्थानमा परेको छ ।

आइतबारको कारोबारपछि बजार पूँजीकरण रु ३७ खर्ब ८१ अर्ब ९० करोड १६ लाख १३ हजार ६८० बराबर पुगेको छ । कारोबारका आधारमा बोटलर्स तराईको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भयो । मानुषी लघुवित्त र तेह्रथुम पावरको शेयर मूल्यमा ९.९९ प्रतिशतले वृद्धि भयो । महालक्ष्मी विकास बैंक ९.८७ र कालिका पावर कम्पनीका लगानीकर्ताले ६.०३ प्रतिशतले कमाए ।

त्यस्तै एचआइडिसिएल १०, सासह ऊर्जा ८.७४, नयाँ सारथी लघुवित्त ३.२६, समिट लघुवित्त ३.०५ र मैलुङ खोला जलविद्युत् कम्पनीका शेयरधनीले २.८९ प्रतिशतले गुमाए ।

प्रकाशित मिति : २८ कार्तिक २०७८, आइतबार  ५ : ४७ बजे

डा. नुतनलाई प्रश्न- सुत्केरी र शिशुको फोटो सार्वजनिक गर्न पाइन्छ ?

काठमाडौं- सुत्केरी आमा र नवजात शिशुको फोटो सार्वजनिक गरेपछि वरिष्ठ

बागमती प्रदेश उपसभापति महर्जनसहितका नेताहरू विशेष महाधिवेशनको पक्षमा उभिए

काठमाडौं– बागमती प्रदेश कार्यसमितिका उपसभापतिसहितका नेताहरू नेपाली कांग्रेसको विधान महाधिवेशनको

प्रधानमन्त्रीसँग आयुक्तको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीबाट आसन्न प्रतिनिधिसभा सदस्य

फिल्म ‘कुमारी’ प्रचारका लागि देशव्यापी सांगीतिक टुर गरिने

काठमाडौं – दिनेश राउत निर्देशित फिल्म प्रचारका लागि सांगीतिक टूर

गोरखा-१ बाट चुनाव लड्ने सुदन गुरुङको घोषणा

काठमाडौं- जेन-जी आन्दोलनमा पानी बाँडेर चर्चामा आएका सुधन गुरुङले आगामी