अष्ट्रेलियाले जित्यो टी–ट्वान्टी विश्वकप क्रिकेटको उपाधि « Khabarhub

अष्ट्रेलियाले जित्यो टी–ट्वान्टी विश्वकप क्रिकेटको उपाधि


२८ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आइतबार सम्पन्न टी ट्वान्टी विश्वकप क्रिकेटको उपाधि अष्ट्रेलियाले जितको छ । आइतबार भएको फाइनल खेलमा न्यूजिल्याण्डलाई पराजित गर्दै अष्ट्रेलियाले पहिलो पटक टी ट्वान्टी विश्वकप क्रिकेटको उपाधि उचालेको हो ।

दुबई मैदानमा भएको खेलमा पहिला ब्याटिङ गरेको न्यूजिल्याण्डले ४ विकेटको क्षतिमा १७२ रन बनाएको थियो ।

जवाफी ब्याटिङ गरेको अष्ट्रेलियाले १८ ओभर ५ बलमा २ विकेटको क्षतिमा लक्ष्य भेटायो । उसका लागि डेबिड वार्नर र मिचेल मार्शले अर्धशतक बनाए । मार्शले ७७ रन बनाउँदा वार्नरले ५३ रन बनाए ।

न्यूजिल्याण्डका लागि ट्रेन्ट बोल्टले २ विकेट लिए। अन्य बलरले सफलता नपाउँदा न्यूजिल्याण्डले उपविजेतामा चित्त बुझाउनु परेको हो । यसअघि पहिला ब्याटिङ गरेको न्यूजिल्याण्डका लागि कप्तान केन विलियम्सनले ८५ रन बनाएका थिए ।

यो प्रतियोगितामा टसको निकै महत्वपूर्ण भूमिका रह्यो । टस जित्ने र लक्ष्य पछ्याउने टिमले खेल जिते भने पहिला ब्याटिङ गर्ने टिमले जित्न सकेनन् ।

प्रकाशित मिति : २८ कार्तिक २०७८, आइतबार  ११ : ०९ बजे

एक वर्षमा सात हजार ६४८ विपद्का घटना, आगलागी सबैभन्दा बढी

काठमाडौँ– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार एक

आज वनस्पति दिवस मनाइँदै, हरित अर्थतन्त्रको विकासमा जोड

काठमाडौँ– ‘समृद्धिका लागि वनस्पति’ नारासहित आज देशका विभिन्न भागमा २७औँ

आर्थिक गणनाको सम्पूर्ण तयारी पूरा

काठमाडौँ– दोस्रो आर्थिक गणनाको तयारी अन्तिम चरणमा पुगेको छ ।

विराट गोल्ड कप फुटबल : झापा–११ सँग आर्मी स्तब्ध

मोरङ– विराट गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत शनिबार भएको उद्घाटन खेलमा झापा–११

आज अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस

काठमाडौँ– मानव सभ्यतामा अन्तरिक्ष युगको सुरुवातको स्मरण गर्दै आज अन्तर्राष्ट्रिय