२ हजार २०६ मतगणना सकियो, कसले कति मत पाए ? « Khabarhub

२ हजार २०६ मतगणना सकियो, कसले कति मत पाए ?


२८ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको मतदानको मतगणना जारी छ ।

सभापतिको मतगणना चलिरहँदा शेरबहादुर देउवाले अग्रता कायमै राखेका छन् भने उनलाई डा. शेखर कोइरालाले पछ्याइरहेका छन् ।

ताजामतपरिणामअनुसार हालसम्म २२०६ मत गन्दा देउवाले १०५१ मत पाएका छन् भने कोइरालाले ७९३ मत पाएका छन् । प्रकाशमान सिंहले २०४ विमलेन्द्र निधिले १७४ र कल्याण गुरुङले १० मत पाएका छन् ।

गएराति साढे ११ बजे मतदान सकिएसँगै बिहान ४ बजेबाट सभापति पदको मतगणना गर्न थालिएको हो।

नेतृत्व चयनका लागि कांग्रेसका कुल ४७४३ मतदाता रहेकोमा ४६७९ मत मात्रै खसेको थियो । ६४ जना प्रतिनिधिले भोट हालेनन् ।

सभापतिको गणतना सकिएपछि मात्रै अन्य पदाधिकारी र सदस्यहरुको गणना सुरु हुनेछ ।

२४ गतेबाट सुरु भएको महाधिवेशन अन्तरगत सोमबार मध्यान्ह करिब १२ बजेबाट मात्रै मतदान सुरु भएको थियो ।

एक सभापति, २ उपसभापति, २ महामन्त्री, ८ सहमहामन्त्री र सदस्यसहित १ सय ३४ पदका लागि हिजो मतदान भएको थियो । एक सभापति पदमा ५ जना, दुई उपसभापतिका लागि ७ जना, दुई महामन्त्रीका लागि ६ र आठ सहमहामन्त्रीका लागि १९ नेताले उम्मेदवारी दिएका छन्। त्यस्तै, एक सय २१ सदस्यका लागि ४ सय ४९ जना चुनावी मैदानमा छन्।

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलबार  ७ : ०३ बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का