२ हजार २०६ मतगणना सकियो, कसले कति मत पाए ? « Khabarhub

२ हजार २०६ मतगणना सकियो, कसले कति मत पाए ?


२८ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको मतदानको मतगणना जारी छ ।

सभापतिको मतगणना चलिरहँदा शेरबहादुर देउवाले अग्रता कायमै राखेका छन् भने उनलाई डा. शेखर कोइरालाले पछ्याइरहेका छन् ।

ताजामतपरिणामअनुसार हालसम्म २२०६ मत गन्दा देउवाले १०५१ मत पाएका छन् भने कोइरालाले ७९३ मत पाएका छन् । प्रकाशमान सिंहले २०४ विमलेन्द्र निधिले १७४ र कल्याण गुरुङले १० मत पाएका छन् ।

गएराति साढे ११ बजे मतदान सकिएसँगै बिहान ४ बजेबाट सभापति पदको मतगणना गर्न थालिएको हो।

नेतृत्व चयनका लागि कांग्रेसका कुल ४७४३ मतदाता रहेकोमा ४६७९ मत मात्रै खसेको थियो । ६४ जना प्रतिनिधिले भोट हालेनन् ।

सभापतिको गणतना सकिएपछि मात्रै अन्य पदाधिकारी र सदस्यहरुको गणना सुरु हुनेछ ।

२४ गतेबाट सुरु भएको महाधिवेशन अन्तरगत सोमबार मध्यान्ह करिब १२ बजेबाट मात्रै मतदान सुरु भएको थियो ।

एक सभापति, २ उपसभापति, २ महामन्त्री, ८ सहमहामन्त्री र सदस्यसहित १ सय ३४ पदका लागि हिजो मतदान भएको थियो । एक सभापति पदमा ५ जना, दुई उपसभापतिका लागि ७ जना, दुई महामन्त्रीका लागि ६ र आठ सहमहामन्त्रीका लागि १९ नेताले उम्मेदवारी दिएका छन्। त्यस्तै, एक सय २१ सदस्यका लागि ४ सय ४९ जना चुनावी मैदानमा छन्।

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलबार  ७ : ०३ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया