कांग्रेस सभापतिका लागि आधाभन्दा धेरै मतगणना सकियो « Khabarhub

कांग्रेस सभापतिका लागि आधाभन्दा धेरै मतगणना सकियो

कोइरालाभन्दा देउवा २८५ मतले अगाडी


२८ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कांग्रेसको सभापतिका लागि भएको निर्वाचन अन्तर्गत जारी मतगणनामा वर्तमान सभापति शेरबहादुर देउवाले संस्थापन इतरपक्षका उम्मेदवार शेखर कोइरालासँगको अग्रता बढाउँदै गएका छन् ।

राष्ट्रियसभा गृहमा भइरहको मतगणनाको पछिल्लो विवरण यस्तो छ । अहिलेसम्म २६७७ मतगणना भएको छ ।

शेरबहादुर देउवा -१२६५
शेखर कोइराला -९८०
प्रकाशमान सिंह- २०७
विमलेन्द्र निधी-१९५
कल्याण गुरुङ- १२

पछिल्लो यो विवरण हेर्दा आधाभन्दा धेरै मतगणना सकिएको छ । जसमा कोइरालाभन्दा देउवा २८५ मतले अगाडी छन् । अबको केहिबेरमा अन्तिम परिणाम सार्वजनिक हुनेछ । सभापतिको गणतना सकिएपछि मात्रै अन्य पदाधिकारी र सदस्यहरुको गणना सुरु हुनेछ ।

गएराति साढे ११ बजे मतदान सकिएसँगै बिहान ४ बजेबाट सभापति पदको मतगणना गर्न थालिएको हो।

नेतृत्व चयनका लागि कांग्रेसका कुल ४७४३ मतदाता रहेकोमा ४६७९ मत मात्रै खसेको थियो । ६४ जना प्रतिनिधिले भोट हालेनन् ।

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलबार  ७ : २३ बजे

क्युबाविरुद्ध कारबाही गर्ने ट्रम्पको चेतावनी

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाबाट तेल निर्यात रोकिएपछि बढ्दो

सांसदहरूलाई रविले भने : सरकार बनेको बेलुकाबाटै ढाल्न लाग्छन्, सचेत हुनुस्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना सांसदहरुलाई संयमितता

हेलिकप्टर दुर्घटनाबारे एयर डाइनेस्टीले भन्यो : पाइलटसहित सबै ६ यात्रु सकुशल  

काठमाडौं– एयर डाइनेस्टी सर्भिसको हेलिकोप्टर बुधबार खोटाङमा दुर्घटनामा परेको छ।

हेलिकप्टर दुर्घटनामा परेका पाइलट र घाइतेलाई काठमाडौं लगिँदै

खोटाङ– खोटाङको केपिलासगढी गाउँपालिका-२ खार्तम्छाको बालाबेंसीमा काठमाडौंबाट गएको एयर डाइनेष्टीको

रविले बोलाउँदा पनि सांसदको तालिममा गएनन् बालेन, दिए ‘सेड्युल प्याक’ रहेको जवाफ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको अभिमुखीकरण समापन कार्यक्रममा पार्टी सभापति रवि