अग्युरोले सन्यासको घोषणा गर्दै « Khabarhub

अग्युरोले सन्यासको घोषणा गर्दै


२८ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अर्जेन्टिनाका स्ट्राइकर सर्जियो अग्युरोले खेल जीवनबाट सन्यासको घोषणा गर्ने तयारी गरेका छन् ।

स्वास्थ्य समस्याको कारण अग्युरोले सन्यासको तयारी गरेको बीबीसीले जनाएको छ । अग्युरोले सम्भवत् भोली एक समारोहका बीच फुटबलबाट सन्यास लिने घोषणा गर्न सक्ने बताइएको छ ।

बार्सिलोनाका स्ट्राइकर अग्युरोले गत अक्टोबरबाट स्वास्थ्य समस्याका कारण खेलेका छैनन् । अग्युरोले आफनो खेल जिवनमा म्यानचेस्टर सिटीका लागि ३९० खेलमा २६० गोल गरेका छन् । स्पेनिस क्लब एट्लेटिको म्याड्रिडका लागि २३४ खेलमा १०२ तथा अर्जेन्टिना प्रिमेरा लिगमा इन्डिपेन्डिन्टेका लागि ५६ खेलमा २३ गोल गरेका छन् ।

अर्जेन्टिनाका लागि १०१ खेलमा ४१ गोल गरेका छन् । उनले म्यानचेस्टर सिटीबाट पाँच पटक प्रिमियर लिग, ६ पटक इएफएल कप, तीनपटक कम्युनिटी शिल्ड र एकपटक एफएकप जितेका छन् भने एट्लेटिको म्याड्रिडबाट समान एकपटक युरोपा लिग र सुपर कप जितेका छन् ।

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलबार  १० : ५४ बजे

नयाँ चलचित्र जाँचपास कार्यविधिमा चलचित्रकर्मीले देखाए खोट

काठमाडौं – नेपाली फिल्म क्षेत्रमा सेन्सरको विवाद नयाँ होइन ।

मधेस प्रदेश प्रमुखसमक्ष वार्षिक प्रतिवेदन पेस

महेन्द्रनगर– राष्ट्रिय दलित आयोगद्वारा आज मधेस प्रदेशप्रमुख समक्ष पाँचौँ वार्षिक

पार्टीको महाधिवेशन लम्बिन सक्छ : शेखर कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीको महाधिवेशन केही

गुल्मीमा भारतको सहयोगमा विद्यालय भवन निर्माण सुरू

काठमाडौं- गुल्मीमा भारत सरकारको आर्थिक सहयोगअन्तर्गत निर्माण हुने विद्यालय भवनको

अपाङ्गता भएका व्यक्ति नसमेटिएको अध्यादेश सच्याउन माग

काठमाडौं– चार राजनीतिक दलका भ्रातृ सङ्गठनले निर्वाचनसम्बन्धी अध्यादेशमा अपाङ्गता भएका