पौडेलको चियापानमा देउवा-कोइराला सहभागी « Khabarhub

पौडेलको चियापानमा देउवा-कोइराला सहभागी


२८ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रलाई सुढृढ बनाउन कांग्रेस बलियो हुनुपर्ने बताएका छन्।

पार्टीको १४औँ महाधिवेशनमा भाग लिन यहाँ आउनुभएका जिल्ला सभापति, क्षेत्रीय सभापति एवं महाधिवेशन प्रतिनिधिको सम्मानमा आज बिहान वरिष्ठ नेता रामचन्द्र पौडेलद्वारा आयोजित चियापान कार्यक्रममा उनले प्रजातन्त्र बलियो बनाउन कांग्रेसका नेता तथा कार्यकर्ता लाग्नुपर्ने बताएका हुन् ।

‘पार्टीभित्रको निर्वाचनमा हारजित हुन्छ, प्रजातन्त्र र पार्टीलाई बलियो बनाउन सबै लाग्नुपर्छ,’ उनले भने । उनले पार्टीभित्र अनुशासन र सम्मान गर्ने परम्पार कामय राख्नुपर्नेमा जोड दिएका छन् ।

सभापति देउवाले आफूहरु सँगसँगै लोकतन्त्र प्राप्तिका लागि सङ्घर्ष र जेलजीवन बिताएको प्रङ्सँग उल्लेख गर्दै उक्त चियापानमा सहभागी हुन पाउँदा आफूलाई भाग्यमानी ठानेको बताएका थिए ।

पार्टीका वरिष्ठ नेता पौडेलले पार्टीभित्रको गलत प्रवृत्तिका विरुद्धमा आफ्नो लडाइँ सधैँ जारी रहने बताए। ‘मुलुकमा स्थायित्व, विकास र सुशासन दिन म सधैँ तत्पर रहन्छु, पार्टीको महाधिवेशनमा उम्मेदवार नभए पनि राजनीतिबाट आफूलाई अलग राखेको छैन,’ उनले भने ।

वरिष्ठ नेता पौडेलले आफू निष्ठा र प्रतिबद्धतामा विचलित नभएको बताउँदै आफ्नो विवेकको सही प्रयोग गर्न मतदातालाई आग्रहसमेत गरेका छन् । उनले आसन्न तीन तहकै निर्वाचनमा प्रतिस्पर्धा गर्नुपर्ने कठिन चुनौतीलाई सामना गर्न पार्टीभित्र एकता, अनुशासन र सुढृढ सङ्गठन विस्तारको आवश्यकता रहेको पनि बताए ।

पार्टी सभापतिका अर्को उम्मेदवार डा शेखर कोइरालाले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा निर्वाचन भएकाले कांग्रेसलाई बलियो बनाउन सबै लाग्नुपर्ने बताए। ‘पार्टीभित्र सभापति र वरिष्ठ नेता दुबै सम्मानित नेता हुनुहुन्छ, उहाँलाई सम्मान, इज्जत र आदर गर्नुपर्छ,’ उनले भने ।

उनले अनुशासित पार्टी निर्माणका लागि सबै लाग्नुपर्ने बताए । नेता कोइरालाले अन्तरआत्मा के भन्छ, त्यहिअनुसारको विवेक प्रयोग गरेर मतदान गर्नसमेत सबै प्रतिनिधिलाई आग्रह गरे ।

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलबार  ११ : ३८ बजे

बूढासुब्बा गोल्डकपः धरान फुटबल क्लब क्वाटरफाइनलमा प्रवेश

सुनसरी – छब्बिसौँ अन्तरराष्ट्रिय आमन्त्रण बूढासुब्बा गोल्डकप फुटबल प्रतियोगितामा आयोजक

प्रजातन्त्र दिवस तीन दिन मनाउने सरकारको निर्णय

काठमाडौं – यस वर्षको राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिनसम्म भव्य

हत्यामा संलग्न रहेको आरोपमा नुवाकोटबाट दुई जना पक्राउ

नुवाकोट – नुवाकोटको बेलकोटगढी नगरपालिका–९ स्थित सिउरेनीमा एक व्यक्तिको हत्या

गोरेटो एजुकेशनल कन्सल्टेन्सीको पाँचौँ साधारणसभा सम्पन्न

काठमाडौँ- गोरेटो एजुकेशनल कन्सल्टेन्सीले आफ्नो पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

बैतडी बस दुर्घटना अपडेट : आठ जनाको मृत्यु, ४५ जना घाइते

बैतडी – बैतडीमा जन्ती बोकेको बस दुर्घटना भएको छ। पुर्चौडी