‘ईओजी’ टिजरमा भगवानको कथा « Khabarhub

‘ईओजी’ टिजरमा भगवानको कथा


२८ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रकु पाण्डेको निर्देशनमा बनेको फिल्म ‘ईओजी (एरर्स अफ गड)’ को टिजर सार्बजनिक भएको छ । कलासी प्रोडक्सनको निर्माणमा बनेको फिल्मको टिजर ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्बजनिक गरिएको हो ।

फिल्ममा विकाश जोशी, राज न्यौपाने, घनश्याम जोशी, ममता लामिछाने, सुचित्रा उप्रेती, सरिता ढुंगानाको साथमा भोलाराज सापकोटा, विजय बराल, कमलमणि नेपाल, प्रतिक दुलाल, अस्मिता खनाललगायतका कलाकारको अभिनय छ ।

संगीत सापकोटाको लेखन र सगुन पोख्रेलले निर्माण रहेको फिल्ममा आफ्नो सबै शक्ति गुमाएर पृथ्वीलोकमा साधारण मानवको रुपमा आएका भगवानहरुको कथालाई मनोरन्जनात्मक ढंगले प्रस्तुत गरिएको छ ।

क्राइसिस ज्याक (कृष्ण) को छायांकन रहेको यस फिल्ममा रोमी मोसेस तन्डुकारको सम्पादन र शक्ति राईको कला निर्देशन रहेको छ ।

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलबार  १ : २९ बजे

बीपी राजमार्गको पहिरो र लेदो हटाइँदै

काठमाडौं– अविरल वर्षाका कारण अवरुद्ध बनेको बीपी राजमार्ग खुलाउने प्रयास

१७५ करोडमा बिक्यो शाहरुखको ‘किङ’ को विदेशी अधिकार

काठमाडौं– बलिउडका बादशाह शाहरुख खानको स्टारडम कति बलियो छ भन्ने

कान्सपछि अस्ट्रेलियामा पनि चम्कियो ‘एलिफेन्ट्स इन द फग’, अभिनेत्री लामालाई उत्कृष्ट अभिनयको अवार्ड

काठमाडौं– नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’ले अन्तर्राष्ट्रिय फिल्म मञ्चमा

नौ जनाले जितिसके मोटरसाइकल र स्कुटर, म्याक्स टाइगरको अर्को भाग्यशाली को ?

काठमाडौं– म्याक्स टाइगरको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियानअन्तर्गत देशका विभिन्न

हरिवंश ‘चिरञ्जीवी बाजे’ बनेर आउँदै

काठमाडौं– नेपाली फिल्म क्षेत्रमा सफल फिल्म ‘परान’मार्फत दर्शकको मन जितेका