नेकपा एस निकट महिला संघको सातै प्रदेशमा कमिटी गठन « Khabarhub

नेकपा एस निकट महिला संघको सातै प्रदेशमा कमिटी गठन


२८ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) निकट अखिल नेपाल महिला सङ्घले सातै प्रदेशमा कमिटी गठन गरेको छ । पार्टीको जनवर्गीय सङ्गठनका रूपमा हालै स्थापना भएको सङ्घले प्रादेशिक कमिटी गठन गरेको हो । जिल्ला तह, स्थानीय तह, वडा तहसम्म कमिटी विस्तार गर्ने क्रममा रहेको सङ्घका प्रचार विभाग प्रमुख राममाया (चमिना) भट्टराईले जानकारी दिइन् ।

महिला हिंसा न्यूनीकरण गर्न सबै प्रदेशमा विभिन्न राजनीतिक गतिविधि सञ्चालन गरेको सङ्घले महिला हिंसाविरुद्ध १६ दिने कार्यक्रममा समेत देशैभर जनचेतनामूलक अभियान सञ्चालन गरी सामाजिक एकता अभिवृद्धि गरेको थियो । ग्रामीण क्षेत्रमा राजनीतिकरूपमा महिला हक, हित तथा अधिकारका विषयलाई प्रवद्र्धन गरी महिला उद्यमशीलताका माध्यमबाट उनीहरुको जीवनस्तरमा सुधारका साथै आर्थिक सशक्तीकरणमा भूमिका निर्वाह गर्ने कार्य योजना सङ्घले बनाएको छ ।

पार्टीका सबै तहमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रमसमेत गर्दै आएको सङ्घले जनाएको छ ।

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलबार  ९ : २० बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको